सुकुम्बासीलाई लालपुर्जा उपलब्ध नगरुञ्जेल मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने

सुकुम्बासीलाई लालपुर्जा उपलब्ध नगरुञ्जेल मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने : Icon Khabar

काठमाडौं, वैशाख ३१ । सरकारले वास्तविक भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) उपलब्ध नगरुञ्जेल अस्थायी रूपमा मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको जनाएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी दिएका हुन् । समिति सभापति हरि ढकालका अनुसार शहरी विकास मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुकुम्बासी व्यवस्थापनको प्रगति विवरण प्रस्तुत गर्दै नयाँ योजनाबारे जानकारी गराएका हुन् ।

होल्डिङ सेन्टरमा ‘स्क्रिनिङ’ जारी
सरकारले हाल काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन परिवारको पहिचान प्रक्रिया अर्थात् ‘स्क्रिनिङ’ गरिरहेको जनाएको छ । यो प्रक्रिया पूरा भएपछि ‘फास्ट ट्र्याक’ प्रणालीमार्फत लालपुर्जा वितरण गर्ने लक्ष्य राखिएको छ । शहरी विकास मन्त्रालयले यस योजनाका लागि आवश्यक आर्थिक स्रोत सुनिश्चित भइसकेको जानकारी समितिलाई दिएको बताइएको छ ।

Published Date: 14 May 2026


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु