सडक विभागमा व्यवसायीहरुको धर्ना

सडक विभागमा व्यवसायीहरुको धर्ना : Icon Khabar

काठमाडौं, वैशाख ३१ । इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघले सडक विभाग, जलस्रोत विभागमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना दिएको छ ।

अत्यधिक मूल्यवृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वतः बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै महासंघ र सोसँग सम्बन्धित एसोसिएट सदस्य समन्वय समितिले बिहीबार धर्ना दिएका छन् ।

व्यवसायीहरूले सडक विभागका महानिर्देशक विजय जैसी र सिँचाइ विभागका उपनिर्देशक डाक्टर सन्तोष कैनीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

महासंघका महासचिव शिवहरि घिमिरेले सरकारले आफ्ना मागहरू सम्बोधन नगरेकाले आफूहरू आन्दोलित बनेको बताए ।

उनकाअनुसार निर्माण व्यवसायीहरू मूल्यवृद्धिका कारण चरम संकटमा परेका छन् । त्यसकारण बढेको बजार भाउ अनुसार ठेक्काको मूल्य पनि समायोजन गरिनुपर्छ । काम रोकिएका आयोजनाहरूको म्याद थप गरी २०८४ असारसम्म काम गर्ने वातावरण मिलाउनुपर्छ । आगामी बजेटमा आयोजनाहरूको स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था गरिनुपर्छ ।

आन्दोलनकै बीचमा व्यवसायीहरूमाथि भइरहेको धरपकडप्रति पनि उनले आपत्ति जनाए । अनुसन्धानको नाममा व्यवसायीलाई दुःख दिँदा लगानीको वातावरण बिग्रने उनको भनाइ छ ।

महासचिव घिमिरेले भने, ‘मूल्य समायोजन हुनुपर्छ । अहिलेसम्म पनि मूल्य समायोजनको विषय समाधान हुन सकेन । यति धेरै आकाशिएको मूल्यलाई व्यवसायीले थेग्न सक्ने अवस्था भएन ।’

म्याद थप, बैंक ग्यारेन्टी, इन्स्योरेन्स जस्ता विषयलाई सरकारले सम्बोधन गरेर अघि बढ्नुपर्नेमा त्यसको सम्बोधन नहुँदा आफूहरूले बाध्य भएर काम रोक्नुपरेको घिमिरेको भनाइ छ ।

Published Date: 14 May 2026
Website | + posts




















ताजा
छोरी आयंकालाई प्रियंकाले लगाइदिइन् भाइटीका, सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बहस
‘३ किलो बंगुर र २ किलो कुखुराको मासु मात्रै किनेको हुँ’ : मन्त्री पुन
सामाजिक सुरक्षा कोषमा करिव १ खर्ब ३० अर्ब संकलन, ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ता सहभागी
आज दिउँसो देशको हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको सम्भावना


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?