बिहिबार नेप्से परिसूचक १०.०७ अंकले घट्यो

बिहिबार नेप्से परिसूचक १०.०७ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख ३१ । सेयरबजार परिसूचक नेप्सेमा विहीबार पनि गिरावट आएको छ । आज नेप्से १०.०७ अंकले घटेर २ हजार ७३०.१७ विन्दुमा कायम भएको हो ।

आज सेयरबजारमा कुल ३३७ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ८० कम्पनीका सेयरमूल्य बढेका छन् भने १७४ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज कुल ७९ लाख ५८ हजार ७५२ कित्ता सेयर ३ अर्ब २९ करोड २ लाख ४५ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम बुधबारको तुलनामा १७ प्रतिशतले बढी हो । आज सेयरबजारमा सूचीकृत समूहमध्ये जीवन बीमा, म्युचुअल फण्ड तथा व्यापार समूहको परिसूचक सकारात्मक रहेका छन् ।

अरु बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै अन्य समूहको परिसूचक २ प्रतिशतले घटेको छ । युनियन हाइड्रोपावर लिमिटेड, क्रेष्ट माइक्रो लाईफ इन्सुरेन्स लिमिटेड तथा एनआईविएल स्टेवल फण्डका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने एसियन हाइड्रोपावर लिमिटेड, हिमालयन रि–इन्सुरेन्स लिमिटेड तथा नारायणी डेभलपमेन्ट बैंकका सेयरधनी रहेका छन् ।

Published Date: 14 May 2026


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर