बिहिबार नेप्से परिसूचक १०.०७ अंकले घट्यो

बिहिबार नेप्से परिसूचक १०.०७ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख ३१ । सेयरबजार परिसूचक नेप्सेमा विहीबार पनि गिरावट आएको छ । आज नेप्से १०.०७ अंकले घटेर २ हजार ७३०.१७ विन्दुमा कायम भएको हो ।

आज सेयरबजारमा कुल ३३७ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ८० कम्पनीका सेयरमूल्य बढेका छन् भने १७४ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज कुल ७९ लाख ५८ हजार ७५२ कित्ता सेयर ३ अर्ब २९ करोड २ लाख ४५ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम बुधबारको तुलनामा १७ प्रतिशतले बढी हो । आज सेयरबजारमा सूचीकृत समूहमध्ये जीवन बीमा, म्युचुअल फण्ड तथा व्यापार समूहको परिसूचक सकारात्मक रहेका छन् ।

अरु बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै अन्य समूहको परिसूचक २ प्रतिशतले घटेको छ । युनियन हाइड्रोपावर लिमिटेड, क्रेष्ट माइक्रो लाईफ इन्सुरेन्स लिमिटेड तथा एनआईविएल स्टेवल फण्डका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने एसियन हाइड्रोपावर लिमिटेड, हिमालयन रि–इन्सुरेन्स लिमिटेड तथा नारायणी डेभलपमेन्ट बैंकका सेयरधनी रहेका छन् ।

Published Date: 14 May 2026


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु