बुधबार नेप्से परिसूचक ४.१५ अंकले घट्यो

बुधबार नेप्से परिसूचक ४.१५ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख ३० । सेयरबजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ । आज नेप्से ४.१५ अंकले घटेर २ हजार ७४०.२५ विन्दुमा कायम भएको छ । आज सेयरबजारमा ३३९ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ८२ कम्पनीका सेयरमूल्य बढेका छन् भने १७६ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज कुल ५६ लाख ४३ हजार २८८ कित्ता सेयर २ अर्ब ८० करोड ७४ लाख ४६ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम मंगलबारको तुलनामा ४० प्रतिशतको कमी हो । आज सेयरबजारमा सूचीकृत समूहमध्ये उत्पादनशील तथा प्रशोधन र व्यापार समूहको परिसूचक मात्रै सकारात्मक रहेका छन् ।

बाँकी सबै समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको परिसूचक ०.६१ प्रतिशतले घटेको छ । एसियन हाइड्रोपावर लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेड तथा हिमालयन बैंकको बोण्डमा लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा भने धौलागिरी लघुवित्त वित्तीय संस्था, झापा इनर्जी लिमिटेड तथा सिटिजन बैंकका डिवेञ्चरमा लगानीकर्ता रहेका छन् ।

Published Date: 13 May 2026


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग