नेपालमा विद्युतीय कारोबारको प्रयोग तिब्र रूपमा बढ्दै

नेपालमा विद्युतीय कारोबारको प्रयोग तिब्र रूपमा बढ्दै : Icon Khabar

काठमाडौं, वैशाख ३० । नेपालमा विद्युतीय कारोबारको प्रयोग तिब्र रूपमा बढ्दै गएको देखिएको छ।

२०८२ चैत मसान्तसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोडमार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको तथ्यांकले देखाएको हो। नेपाल राष्ट्र बैंकका अनुसार २०८२ चैत मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड ३ लाख कारोबारमार्फत ८० अर्ब ९ करोड बराबरको कारोबार गरेका छन् ।

त्यसैगरी, मोबाइल बैंकिङमार्फत ७ करोड ४४ लाख कारोबार हुँदा ६ खर्ब १८ अर्ब ७१ करोड बराबरको कारोबार भएको छ । मोबाइल बैंकिङ अहिले दैनिक आर्थिक गतिविधिको प्रमुख माध्यम बन्दै गएको देखिन्छ ।

क्यूआर कोड भुक्तानी प्रणाली पनि तीव्र रूपमा विस्तार भइरहेको छ । तथ्यांकअनुसार ५ करोड ४६ लाख कारोबारमार्फत १ खर्ब ५३ अर्ब ४७ करोड बराबरको कारोबार भएको छ ।

Published Date: 13 May 2026


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग