वसन्त ऋतुमा हिमाल आरोहण गर्ने क्रममा अहिलेसम्म ५ जनाको मृत्यु

वसन्त ऋतुमा हिमाल आरोहण गर्ने क्रममा अहिलेसम्म ५ जनाको मृत्यु : Icon Khabar

काठमाडौं, वैशाख ३० । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्ने क्रममा अहिलेसम्म ५ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा तीन जना सगरमाथा र दुई जना मकालु हिमाल आरोही छन्।

पर्यटन विभागले दिएको जनाकारीअनुसार वैशाख २० गते सगरमाथा आधार शिविर नजिकै सेभेन समिट ट्रेक्सका गाइड लाक्पा डेन्डी शेर्पाको निधन भएको थियो। यसैगरी वैशाख २७ गते खुम्बु आइसफलमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भएका विजय घिमिरेको निधन भएको थियो।

वैशाख २८ गते तेस्रो आधार शिविरमा आरोही गाइड फुरा गेल्जेन शेर्पाको निधन भएको छ।

वैशाख २१ गते चेक रिब्लिकका आरोही डेभिड रुविनिकको मकालु हिमालको ७ हजार ३०० मिटरमा निधन भएको छ भने अर्का अमेरिकी आरोही जोनसन सेल्लीको मकालु हिमालको ७ हजार २ सय मिटरमा निधन भएको विभागले जनाएको छ ।

Published Date: 13 May 2026


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु