पश्चिमी प्रणालीको प्रभावः देशभर बदली, वर्षा र हिमपातको सम्भावना

पश्चिमी प्रणालीको प्रभावः देशभर बदली, वर्षा र हिमपातको सम्भावना : Icon Khabar

काठमाडौं, वैशाख ३० । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशभरको मौसम प्रभावित बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी तथा हिमाली भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। अन्य भू-भागमा आंशिक बदलीको अवस्था देखिएको विभागले जनाएको छ।

बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै मधेश प्रदेश र अन्य पहाडी क्षेत्रमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान पनि गरिएको छ।

तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। विशेषगरी सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई जिल्लाहरूमा हावाहुरी, असिना तथा मेघगर्जनसहित वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा वर्षा जारी रहने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना कायम रहने विभागले जनाएको छ।

Published Date: 13 May 2026


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी