गुजरातको शानदार जित, हैदराबाद ८६ रनमै समेटियो

गुजरातको शानदार जित, हैदराबाद ८६ रनमै समेटियो : Icon Khabar

काठमाडौं, वैशाख ३० । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ८२ रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ। अहमदाबादमा भएको खेलमा गुजरातले उत्कृष्ट ब्याटिङ र घातक बलिङ प्रदर्शन गर्दै प्रभावशाली जित निकालेको हो।

पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनायो। टोलीका लागि साइ सुदर्शनले ४४ बलमा ६१ रनको महत्वपूर्ण इनिङ्स खेले भने वासिङ्टन सुन्दरले ३३ बलमा अर्धशतक पूरा गर्दै ५० रन जोडे। हैदराबादका प्रफुल हिङ्गे र साकिबले समान २–२ विकेट लिए।

१६९ रनको लक्ष्य पछ्याएको हैदराबाद सुरुदेखिनै दबाबमा परेको थियो। गुजरातका तीव्र बलर कागिसो रबाडा र मोहम्मद सिराजले सुरुवाती ओभरमै आक्रामक बलिङ गर्दै शीर्ष क्रम ध्वस्त पारे। पावरप्लेसम्म हैदराबाद ४ विकेट गुमाएर मात्र ३४ रनमा सीमित भयो।

लगातार विकेट गुमाएको हैदराबाद १४.५ ओभरमै ८६ रनमा अलआउट भयो। टोलीका कप्तान प्याट कमिन्सले सर्वाधिक १९ रन बनाए। गुजरातका लागि जेसन होल्डर र कागिसो रबाडाले समान ३–३ विकेट लिए भने प्रसिद्ध कृष्णाले २ विकेट हात पारे।

यो जितसँगै गुजरातले १६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। साथै अहमदाबादमा सन् २०२३ यता हैदराबादविरुद्ध गुजरातको लगातार चौथो जित पनि हो।

Published Date: 13 May 2026


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग