देशभर बदली र वर्षाको सम्भावना: हिमाली तथा पहाडी भू-भागमा सतर्कता अपनाउन आग्रह

देशभर बदली र वर्षाको सम्भावना: हिमाली तथा पहाडी भू-भागमा सतर्कता अपनाउन आग्रह : Icon Khabar

काठमाडौं, वैशाख २९ । नेपालको वर्तमान मौसमी अवस्थामा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा विकसित भएको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ।

यस मौसमी प्रणालीका कारण हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली हुनुका साथै अन्य प्रदेशहरूमा पनि आंशिक बदलीको अवस्था रहेको छ। विशेषगरी कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो कोशी प्रदेश लगायत अन्य प्रदेशका हिमाली र पहाडी भूभागमा मौसम साधारणतया बदली रहने देखिन्छ भने तराईका क्षेत्रमा आंशिक बादल लाग्ने सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा र बाँकी प्रदेशका केही पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको प्रक्षेपण गरिएको छ। तराईका एक-दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन भनिएको छ।

यो क्रम रातिको समयमा पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका अधिकांश हिमाली र पहाडी भूभागमा बादल लाग्नेछ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानका साथै अन्य पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

मौसममा आएको यो परिवर्तनले तापक्रममा गिरावट आउन सक्ने र दैनिक जनजीवनमा सामान्य असर पर्न सक्ने भएकाले आवश्यक पूर्वतयारी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

Published Date: 12 May 2026


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी