काठमाडौं, वैशाख २९ । आज २०८३ वैशाख २९ गते मंगलबार, तद्अनुसार १२ मे २०२६ । आज जेठ कृष्ण दशमी, वैधृति विष्टि, भद्रा पूर्व भाद्र, अन्तर्राष्ट्रिय नर्स दिवस, सूर्योदय बिहानः ०५ः१७ बजे, सूर्यास्त साँझः १८ः४४ बजे ।
आजको राशिफल
मेष: नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ । आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो ।
वृष: चुनौती र जोखिम झेल्ने समय भएकाले टार्न सकिने ठाउँ छ भने काम स्थगित गरी दिमागी उल्झन घटाउनु तथा विश्राम लिनु जाती हुन्छ । छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ ।
मिथुन: कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो । जिम्मेबारीको भावना र कर्तव्यपालना देखेर सबैले तपाईंको प्रशंसा गर्नेछन् ।
कर्कट: प्रतियोगिता वा प्रतिस्पद्र्धामा सफल भइने दिन हो, कुनै कामलाई टुङ्गोमा पुर्याउन प्रयास गरिने छ, परिश्रमको विकल्प छैन, त्यसैले सर्टकट वा छोटो बाटो छोडेर मिहिनेत गरेर अगाडि बढ्नु ठीक हुन्छ । हाकिमको सद्भाव र सहानुभूति प्राप्त हुनाले महत्त्वाकाङ्क्षी काम सुरु गर्न सकिन्छ ।
सिंह: कार्य पद्धतिमा सुधार हुनेछ, सामाजिक संस्थामा कार्यरत हुनुहुन्छ भने विशेष सफलता पाउन सक्नुहुन्छ, सिनियर्सको मुखबाट प्रशंसा सुन्न पाइने छ । जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ ।
कन्या: कन्या राशि भएकाहरुलाई पारिवारिक सदस्यहरूको सहयोग प्राप्त हुनेछ । खुशी बढ्ने छ । विशेष व्यक्तिको सहयोग मिल्नेछ । व्यापार लाभदायक रहने छ । शारीरिक समस्या आउन सक्छ । हतारले हानि पुर्याउन सक्छ । जोखिमपूर्ण काम नगर्नु होला । धन प्राप्ति सहज हुनेछ ।
तुला: तुला राशि भएकाहरुलाई वरिष्ठ व्यक्तिको सहयोग प्राप्त हुनेछ । भाग्यले साथ दिनेछ । व्यापार–व्यवसायमा वृद्धि हुनेछ । धन लाभ सहज हुनेछ । शत्रुहरू परास्त हुनेछन् । कसैको कुरा सजिलै विश्वास नगर्नु होला । मन प्रसन्न रहने छ । स्थायी सम्पत्तिसम्बन्धी कामबाट लाभ हुनेछ । ठूलो समस्याको समाधान सहजै प्राप्त हुन सक्छ ।
वृश्चिक: वृश्चिक राशि भएकाहरुले मनपर्ने भोजनको आनन्द लिन पाउने छन् । पार्टी वा पिकनिकको आयोजना हुन सक्छ । जागिरमा कामको प्रशंसा हुनेछ । जीवनसाथीको सहयोग प्राप्त हुनेछ । घर–बाहिर खुशीको वातावरण रहने छ । हतार नगर्नु होला । कुनै उत्सव अथवा रमाइलो कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ ।
धनु: धनु राशि भएकाहरुको धेरै दौडधूपले स्वास्थ्यमा असर पर्न सक्छ । आम्दानी कायम रहने छ । व्यापार–व्यवसाय लाभदायक हुनेछ । जागिरमा कामको भार बढ्नेछ । जोखिम नलिनु होला । विवाद बढाउनबाट टाढा रहनु होला । कानुनी झन्झट आउन सक्छ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । नराम्रो खबर सुन्नु पर्ने सम्भावना भएकाले धैर्य राख्नु होला ।
मकर: मकर राशि भएकाहरुको सामाजिक प्रतिष्ठा बढ्ने छ । घर–बाहिर मान सम्मान मिल्ने छ । आर्थिक कारोबारमा सावधानी अपनाउनु होला । अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नु होला । व्यापार सामान्य रूपमा चल्ने छ । लाभका अवसर प्राप्त हुनेछन् । भाग्यले साथ दिनेछ । समयको सदुपयोग गर्नु होला । साथीहरूलाई सहयोग गर्ने अवसर प्राप्त हुनेछ । मेहनतको फल मिल्नेछ ।
कुम्भ: कुम्भ राशि भएकाहरुको ठूलो काम गर्ने योजना बन्न सक्छ । आत्म सम्मान कायम रहने छ । व्यापार लाभदायक हुनेछ । घर परिवारमा शुभ तथा मांगलिक कार्यक्रम हुन सक्छ । पुराना साथीभाइसँग भेटघाट हुनेछ । उत्साहजनक समाचार प्राप्त हुनेछ । घर–बाहिर खुशी रहने छ । साथीहरूसँग रमाइलो समय बित्ने छ ।
मीन: मीन राशि भएकाहरुको व्यापारमा वृद्धि हुनेछ । विरोधीहरू सक्रिय रहन सक्छन् । धन लाभ सहज हुनेछ । समय अनुकूल रहेको छ । जोखिमपूर्ण तथा जमानतसम्बन्धी काम टार्नु होला । परिवारसँग खुशीपूर्वक समय बित्ने छ । जोखिम उठाउने साहस बढ्ने छ । हतार नगर्नु होला । यात्रा रमाइलो रहने छ । ठूलो काम सम्पन्न हुँदा मन प्रसन्न हुनेछ ।