भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए

भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए : Icon Khabar

भक्तपुर, वैशाख २९ । भक्तपुर कटुन्जे तीनधारास्थित युनिटी इङ्ग्लिस सेकेण्डरी स्कुलका छात्र विशाल थापा ले माध्यमिक शिक्षा परीक्षा (एसईई ) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै जिपिए ४.० प्राप्त गरेका छन्।

विद्यालयका अनुसार विशालको यस उल्लेखनीय सफलताले विद्यालय परिवारलाई गौरवान्वित बनाएको छ। विद्यालयले उनको मेहनत, अनुशासन, लगनशीलता तथा समर्पणको प्रशंसा गर्दै हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको जनाएको छ।

यसअघि वि.सं. २०८० सालमा पनि सोही विद्यालयका छात्र आशिष थापा क्षेत्री ले एसईईमा ४ जीपीए सहित उत्कृष्ट अंक हासिल गरेका थिए।

विद्यालय प्रशासनले विशालको सफलताले अन्य विद्यार्थीहरूलाई समेत थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ। साथै, यस उपलब्धिमा योगदान पुर्‍याउने अभिभावक, शिक्षक तथा सम्पूर्ण विद्यालय परिवारलाई पनि बधाई ज्ञापन गरिएको कुरा विद्यालयका प्रिन्सिपल बिपिन गुमान्जुले बताए।

Published Date: 12 May 2026


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग