रैथाने उद्योग र पर्यटन प्रवर्द्धनका लागि ‘गो लोकल र ‘टोस्टमास्टर्स बीच सहकार्य

रैथाने उद्योग र पर्यटन प्रवर्द्धनका लागि ‘गो लोकल र ‘टोस्टमास्टर्स बीच सहकार्य : Icon Khabar

भक्तपुर, वैशाख १९ । भक्तपुरको ऐतिहासिक कला, संस्कृति र परम्परागत उद्योगलाई आन्तरिक तथा बाह्य पर्यटनसँग जोड्ने उद्देश्यका साथ क्रियाशील अभियान ‘गो लोकल’ र सञ्चार तथा नेतृत्व विकासमा समर्पित ‘भक्तपुर टोस्टमास्टर्स क्लब बीच एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राधेराधेस्थित होटल रोयल थाईमा आयोजित उक्त कार्यक्रममा दुवै समूहबीच भक्तपुरको मौलिकता संरक्षण र प्रवर्द्धनका लागि सहकार्य गर्ने छलफल भएको छ ।

कार्यक्रममा भक्तपुर टोस्टमास्टर्सका प्रतिनिधिहरू सुदिप हाडा, ईश्वर पलिखेल, निरव कायष्ठ, अनिल पाउ र सन्दिप धवा लगायतले प्रभावकारी बैठक सञ्चालनका प्राविधिक पक्षबारे जानकारी गराए । कार्यक्रममा छोटो समयमा नतिजामुखी बैठक कसरी गर्ने र वक्ताहरूको प्रस्तुतिमा रहेका कमी-कमजोरीलाई रचनात्मक ढंगले कसरी औंल्याउने (Evaluation) र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उपायहरू बारे प्रयोगात्मक सुझावहरू दिएको थियो।

त्यसैगरी गो लोकलका संयोजक विरेन्द्र जतिले परम्परागत उद्योगहरूलाई कसरी जीवन्त राख्न सकिन्छ र तिनलाई पर्यटकीय आकर्षणको केन्द्र कसरी बनाउने भन्नेबारे संस्थाले गरिरहेका प्रयासहरू प्रष्ट पारे । साथै उनले गो लोकल ओझेलमा परेका रैथाने सीप, कला र उत्पादनलाई आधुनिक बजार र पर्यटनसँग जोड्ने एउटा साझा मञ्च हो भने। त्यसैगरी सह-संयोजक रामसुन्दर भेलेले विगतमा सञ्चालित ‘भक्तपुर बाई नाइट
कार्यक्रमको अनुभव साट्दै भक्तपुरलाई रात्रीकालीन पर्यटकीय गन्तव्य बनाउन सास्कृतिक सम्पदा यात्रालाई निरन्तरता दिनुपर्ने बताए । सदस्य रमिला दुवालले गो लोकलद्वारा प्रकाशित पुस्तक र भिडियोमा समेटिएका १५ वटा मौलिक उत्पादनहरूबारे संक्षिप्त जानकारी दिए । त्यसैगरी सदस्य श्रीजना कक्षपतिले गोलोकल अभियानका अन्य विविध गतिविधि र स्थानीय अर्थतन्त्रमा यसले पुर्‍याउन सक्ने योगदानबारे चर्चा
गरे।

भक्तपुरका सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न र स्थानीय उद्योगलाई पर्यटनसँग जोड्ने उद्देश्यले निकट भविष्यमा ‘सन्ध्याकालीन सम्पदा यात्रा (Evening Heritage Walk)’ आयोजना गर्ने तयारी गरिएको छ। यस सहकार्यले भक्तपुरको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने र रैथाने पहिचानलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

Published Date: 02 May 2026


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु