दिल्ली क्यापिटल्सको शानदार जित: राजस्थान रोयल्स ७ विकेटले पराजित

दिल्ली क्यापिटल्सको शानदार जित: राजस्थान रोयल्स ७ विकेटले पराजित : Icon Khabar

काठमाडौँ, वैशाख १९ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ। जयपुरमा शुक्रबार भएको खेलमा २ सय २६ रनको लक्ष्य पछ्याएको दिल्लीले १९.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२५ रन बनाएको थियो। टोलीका लागि रियान परागले उत्कृष्ट प्रदर्शन गर्दै ५० बलमा ९० रन बनाए।

सुरुआतमा केही दबाबमा परेको राजस्थानलाई परागले सम्हाल्दै ठूलो स्कोरतर्फ पुर्याए का थिए । अन्तिमतिर डोनोभान फरेइराले विस्फोटक ब्याटिङ गर्दै मात्र १४ बलमा अविजित ४७ रन जोडेपछि राजस्थानले बलियो स्कोर खडा गर्न सफल भयो।

दिल्लीका बलरमध्ये मिचेल स्टार्क सबैभन्दा सफल रहे। उनले ४० रन खर्चेर ३ विकेट लिएर राजस्थानलाई ठूलो स्कोर बनाउनबाट केही हदसम्म रोके।

२ सय २६ रनको लक्ष्य पछ्याएको दिल्लीका लागि पाथुम निसांकाले आक्रामक सुरुआत गरे। उनले पावरप्लेमै २६ बलमा ५२ रन बनाउँदै टोलीलाई बलियो आधार दिलाए। त्यसपछि केएल राहुलले उत्कृष्ट ब्याटिङ गर्दै ४० बलमा ७५ रन बनाए।

मध्यक्रममा नितिश राणाले १७ बलमा ३३ रन जोड्दै टोलीलाई जित नजिक पुर्‍याए। ओपनरहरू आउट भइसकेपछि पनि दिल्लीको जितमा कुनै दबाब देखिएन। अन्त्यमा ट्रिस्टन स्टब्स र आशुतोष शर्माले सहज रूपमा खेल समाप्त गर्दै दिल्लीलाई ५ बल बाँकी रहँदा जित दिलाए।

यो जितसँगै दिल्ली पुनः जितको लयमा फर्किएको छ । राजस्थानले ठूलो स्कोर बनाए पनि त्यसलाई जोगाउन असफल भयो।

Published Date: 02 May 2026


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै