सनराइजर्स हैदरावादको लगातार पाँचौँ जित, २४४ रनको लक्ष्य सहजै पूरा

सनराइजर्स हैदरावादको लगातार पाँचौँ जित, २४४ रनको लक्ष्य सहजै पूरा : Icon Khabar

काठमाडौँ, वैशाख  १७ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बुधबार राति मुम्बईमा सम्पन्न खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै लगातार पाँचौँ जित दर्ता गरेको छ।

वानखेड़े रंगशालामा भएको प्रतियोगिताको ४१औँ खेलमा पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले ५ विकेटको क्षतिमा २४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। तर सनराइजर्स हैदरावादले उत्कृष्ट प्रदर्शन गर्दै उक्त लक्ष्य ८ बल बाँकी रहँदै ४ विकेट गुमाएर सहज रूपमा पूरा गर्‍यो।

यो जितसँगै सनराइजर्स हैदरावादले प्रतियोगितामा आफ्नो प्रभावशाली लय कायम राखेको छ भने मुम्बई इन्डियन्स भने हार बेहोर्न बाध्य भयो।

Published Date: 30 April 2026


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु