राजस्व बुझाइसकेका सेवाग्राहीमध्ये १२ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, थप १७ लाख छाप्ने तयारी

राजस्व बुझाइसकेका सेवाग्राहीमध्ये १२ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, थप १७ लाख छाप्ने तयारी : Icon Khabar

काठमाडौं, वैशाख १६ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवामा प्रगति भएको जनाएको छ। हालसम्म राजस्व बुझाइसकेका करिब २९ लाख सेवाग्राहीमध्ये १२ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न भएको छ।

सुरक्षण मुद्रण केन्द्रसँग कात्तिक १२ गते गरिएको सम्झौताअनुसार उक्त संख्यामा स्मार्ट लाइसेन्स छापिएको हो। बाँकी रहेको करिब १७ लाख लाइसेन्स पनि छिट्टै छपाइ गर्ने तयारी भइरहेको सम्बन्धित निकायले जनाएको छ।

लामो समयदेखि लाइसेन्स नपाउँदा सेवाग्राहीले भोग्दै आएको समस्या समाधानतर्फ यो प्रगति महत्वपूर्ण मानिएको छ। आगामी दिनमा छपाइ कार्यलाई अझ तीव्र बनाइ सेवाग्राहीलाई छिटो वितरण गर्ने योजना रहेको बताइएको छ।

सरकारले सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोग बढाउँदै लगेको र स्मार्ट लाइसेन्स प्रणालीलाई थप व्यवस्थित गर्ने लक्ष्य लिएको छ।

Published Date: 29 April 2026