काठमाडौं, वैशाख १५ । मंगलबार सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से २६.१६ अंकले घटेर २ हजार ७७०.२६ विन्दुमा कायम भएको हो ।
आज सेयरबजारमा ३४९ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ४२ कम्पनीका सेयरमूल्य बढेका छन् भने २१३ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।
आज कुल १ करोड ४० लाख १८ हजार ९२० कित्ता सेयर ६ अर्ब ५३ करोड १७ लाख २३ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम सोमबारको तुलनामा ३८ प्रतिशतले बढी हो । आज सेयरबजारमा सूचीकृत समूहमध्ये अन्य बाहेक बाँकी सबै समूहका परिसूचक ओरालो लागेका छन् ।
सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको परिसूचक २.५६ प्रतिशतले घटेको छ । हिमालयन बैंक लिमिटेडका बोण्डमा लगानीकर्ता, साइन रेसुङगा डिवेञ्चर तथा सानीमा डिवेञ्चरमा लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने कर्पोरेट डेभलपमेन्ट बैंक, रिज लाईन इनर्जी तथा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका सेयरधनी रहेका छन् ।
Published Date: 28 April 2026