चोछेंमा आज साँझ छुमा गणेश जात्रा सुरु हुँदै

चोछेंमा आज साँझ छुमा गणेश जात्रा सुरु हुँदै : Icon Khabar

भक्तपुर, वैशाख ४ । भक्तपुर नगरपालिका वडा नं. ६ स्थित चोछेंमा आज साँझ छुमा गणेश जात्रा सुरु हुने भएको छ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको छुमा गणेश मन्दिरसँग सम्बन्धित किंवदन्ती अनुसार ‘छु’ (मुसा) र ‘मा’ (लाइन) शब्दबाट ‘छुमा’ नाम रहन गएको मानिन्छ। कथा अनुसार मुसाहरूको ठूलो समूहले पूजा गर्ने स्थानका रूपमा यो क्षेत्र परिचित बनेको हो।

अर्को कथाअनुसार, एक राजाले बिरालो र मुसाबीचको लडाइँमा मुसाले जितेको देखेपछि त्यसलाई पछ्याउँदै जाँदा यहाँको गणेशको दर्शन गरेका थिए। त्यसपछि उनले दक्षिणतर्फ रहेको भद्रकालीको पूजा गरी यी दुई स्थानको बीचमा नगर स्थापना गरेका थिए, जसलाई आजको भक्तपुर नगरको सुरुवात मानिन्छ।

प्यागोडा शैलीमा निर्माण गरिएको छुमा गणेश मन्दिरको संरचना पनि विशेष प्रकारको रहेको छ, जसको बहु-स्तरीय झ्यालझैं देखिने बनावट आकर्षक मानिन्छ।

Published Date: 17 April 2026


ताजा
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३९ जनाको शव फेला
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क