चोछेंमा आज साँझ छुमा गणेश जात्रा सुरु हुँदै

चोछेंमा आज साँझ छुमा गणेश जात्रा सुरु हुँदै : Icon Khabar

भक्तपुर, वैशाख ४ । भक्तपुर नगरपालिका वडा नं. ६ स्थित चोछेंमा आज साँझ छुमा गणेश जात्रा सुरु हुने भएको छ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको छुमा गणेश मन्दिरसँग सम्बन्धित किंवदन्ती अनुसार ‘छु’ (मुसा) र ‘मा’ (लाइन) शब्दबाट ‘छुमा’ नाम रहन गएको मानिन्छ। कथा अनुसार मुसाहरूको ठूलो समूहले पूजा गर्ने स्थानका रूपमा यो क्षेत्र परिचित बनेको हो।

अर्को कथाअनुसार, एक राजाले बिरालो र मुसाबीचको लडाइँमा मुसाले जितेको देखेपछि त्यसलाई पछ्याउँदै जाँदा यहाँको गणेशको दर्शन गरेका थिए। त्यसपछि उनले दक्षिणतर्फ रहेको भद्रकालीको पूजा गरी यी दुई स्थानको बीचमा नगर स्थापना गरेका थिए, जसलाई आजको भक्तपुर नगरको सुरुवात मानिन्छ।

प्यागोडा शैलीमा निर्माण गरिएको छुमा गणेश मन्दिरको संरचना पनि विशेष प्रकारको रहेको छ, जसको बहु-स्तरीय झ्यालझैं देखिने बनावट आकर्षक मानिन्छ।

Published Date: 17 April 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने