शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम

शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम : Icon Khabar

काठमाडौँ, वैशाख ४ । स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको मूल्य शुक्रबार भने घटेको छ । बिहीबार प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार प्रतितोला ३ हजार रुपैयाँले घटेर २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । विहीबार प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार प्रतितोला १२० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंश सुनको मूल्य ४ हजार ८००.८४ डलर तथा चाँदीको मूल्य ७९ डलर कायम भएको छ ।

Published Date: 17 April 2026


ताजा
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३९ जनाको शव फेला
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क