शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम

शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम : Icon Khabar

काठमाडौँ, वैशाख ४ । स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको मूल्य शुक्रबार भने घटेको छ । बिहीबार प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार प्रतितोला ३ हजार रुपैयाँले घटेर २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । विहीबार प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार प्रतितोला १२० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंश सुनको मूल्य ४ हजार ८००.८४ डलर तथा चाँदीको मूल्य ७९ डलर कायम भएको छ ।

Published Date: 17 April 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने