पल शाहलाई जन्मदिनको शुभकामना दिन पूजा शर्मा पुगिन् तनहुँ कारागार

पल शाहलाई जन्मदिनको शुभकामना दिन पूजा शर्मा पुगिन् तनहुँ कारागार : Icon Khabar

काठमाडौँ, फागुन १० । नायक पल शाहको आज (फागुन १० गते) जन्मदिन हो । नायिका पूजा शर्मा पललाई भेट्न तनहुँ कारागारमा पुगेकी छन् । निर्देशक शोभित बस्नेतसँग पूजा बुधबार कारागार पुगेकी हुन् ।

पल शाहलाई सामाजिक संजालबाट उनका हितैषी र अन्य फिल्मकर्मीले शुभकामना दिइरहेका छन् । पूजाले भने कारागारमै गएर पललाई जन्मदिनको शुभकामना दिएकी हुन् । पल र पूजाले ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’ र थुप्रै म्युजिक भिडियो खेलेका छन् ।

करिब एक वर्ष अगाडी पल शाह नाबालिग बालत्कारको आरोपमा कारागार पुगेका थिए । नवलपुर जिल्ला अदालतले नाबालिग बलात्कारको मुद्धामा पललाई बलत्कार ठहर नगरेपनि बाल यौन दुराचारमा भने सजाय दिएको छ । उनलाई साढे दुई वर्षको सजाय तोकिएको छ ।

तर, जिल्ला अदालतको फैसला विरुद्ध पलले उच्च अदालत पोखरामा पुनरावेदन चढाएका छन् । उता तनहुँ जिल्ला अदालतले भने बलात्कारको मुद्धामा सफाइ दिइसकेको छ ।

Published Date: 22 February 2023
ताजा
बुधवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
हालका लागि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता कर लागु नगर्ने प्रधानमन्त्रीको घोषणा
मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढ्यो
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय