दुबई र कतारमा राईडर र ड्राइभरका लागि रोगजारीमा जान रोक

दुबई र कतारमा राईडर र ड्राइभरका लागि रोगजारीमा जान रोक : Icon Khabar

काठमाडौं, फागुन १० । सरकारले दुबई र कतारमा बाइक राईडर र ट्याक्सी ड्राइभर पदमा वैदेशिक रोगजारीमा जान रोक लगाएको छ । एक सूचना जारी गर्दै वैदेशिक रोजगार विभागले दुबई र कतारका लागि बाइक राईडर र ट्याक्सी ड्राइभर पदको पूर्वस्वीकृति प्रदान नगर्ने जनाएको हो ।

विभागका सूचना अधिकारी कृष्ण प्रसाद भुसालका अनुसार पछिल्लो समय दुबई र कतारमा राईडर र ड्राइभरका लागि पुगेको नेपाली श्रमिकबाट स्वीकृत मागपत्र बमोजिम न्यूनतम तलब नपाएको, सहज रुपमा लाइसेन्स नपाउँदा लामो समय कामबिहीन भएर बस्नुपरेको र अधिकांश श्रमिक कार्वाही परेको गुनासो बढ्न थालेपछि यस्तो निर्णय गरिएको हो ।

दुबई र कतारमा बाइक राईडर र ट्याक्सी ड्राइभरका लागि श्रमिक पठाउन सुरक्षित नदेखिएपछि सरकारले अर्को व्यवस्था नहुन्जेलसम्म पूर्वस्वीकृति रोक्ने निर्णय गरेको भुसालले बताएका छन् ।

Published Date: 22 February 2023
ताजा
बुधवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
हालका लागि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता कर लागु नगर्ने प्रधानमन्त्रीको घोषणा
मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढ्यो
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय