दुबई र कतारमा राईडर र ड्राइभरका लागि रोगजारीमा जान रोक

दुबई र कतारमा राईडर र ड्राइभरका लागि रोगजारीमा जान रोक : Icon Khabar

काठमाडौं, फागुन १० । सरकारले दुबई र कतारमा बाइक राईडर र ट्याक्सी ड्राइभर पदमा वैदेशिक रोगजारीमा जान रोक लगाएको छ । एक सूचना जारी गर्दै वैदेशिक रोजगार विभागले दुबई र कतारका लागि बाइक राईडर र ट्याक्सी ड्राइभर पदको पूर्वस्वीकृति प्रदान नगर्ने जनाएको हो ।

विभागका सूचना अधिकारी कृष्ण प्रसाद भुसालका अनुसार पछिल्लो समय दुबई र कतारमा राईडर र ड्राइभरका लागि पुगेको नेपाली श्रमिकबाट स्वीकृत मागपत्र बमोजिम न्यूनतम तलब नपाएको, सहज रुपमा लाइसेन्स नपाउँदा लामो समय कामबिहीन भएर बस्नुपरेको र अधिकांश श्रमिक कार्वाही परेको गुनासो बढ्न थालेपछि यस्तो निर्णय गरिएको हो ।

दुबई र कतारमा बाइक राईडर र ट्याक्सी ड्राइभरका लागि श्रमिक पठाउन सुरक्षित नदेखिएपछि सरकारले अर्को व्यवस्था नहुन्जेलसम्म पूर्वस्वीकृति रोक्ने निर्णय गरेको भुसालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 February 2023
Website | + posts
ताजा
मौसम पूर्वानुमान : कोशी प्रदेशको पहाडी भागमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
आज मंगलबारको राशिफल
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल