मंगलबार नेप्से परिसूचक २.६१ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक २.६१ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, चैत २४ । सोमबार उच्च अंकले बढेको सेयरबजार मंगलबार भने टिक्न सकेन । आज नेप्से २.६१ अंकले घटेर २ हजार ७५७.४० विन्दुमा कायम रहेको छ । आज सेयरबजारमा ३४५ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ८२ कम्पनीका सेयरमूल्य बढेका छन् भने १७५ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज सेयरबजारमा १ करोड ७४ लाख ६ हजार ६१६ कित्ता सेयर ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम सोमबारको तुलनामा ३८ प्रतिशतले कमी हो । आज सेयरबजारमा सूचीकृत समूहका समूहगत परिसूचकमध्ये वाणिज्य बैंक, होटेल तथा पर्यटन, जलविद्युत तथा अनय समूहका परिसूचक सकारात्मक रहेका छन् ।

विकास बैंक, वित्त, लगानी, जीवन बीमा, उत्पादनशील तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा तथा व्यापार समूहका परिसूचक भने ओरालो लागेका छन् ।

भुजुङ हाइड्रोेपावर लिमिटेड, सुपर खूदी हाइड्रोपावर लिमिटेड तथा स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने एनआईवीएल ग्रोथ फण्ड, झापा इनर्जी लिमिटेड तथा चिरख्वा हाइड्रोपावर लिमिटेडका सेयरधनी रहेका छन् ।

Published Date: 07 April 2026


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली