पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल कर ५० प्रतिशत छुट दिने सरकारको निर्णय

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल कर ५० प्रतिशत छुट दिने सरकारको निर्णय : Icon Khabar

काठमाडौं, चैत २४ । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।

उनका अनुसार, सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकबाट भएको छ ।

‘पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,’ मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै उनले भनिन् ।

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यवहारिक देखिएको पनि उनले बताइन् ।

‘मूल्य समायोजनको बाध्यता छ । सरकारले यो तथ्य लुकाउँदैन, पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यवहारिक देखिएको छ,’ मन्त्री रावलले भनिन् ।

Published Date: 07 April 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर