दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह

दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह : Icon Khabar

काठमाडौं, चैत २३ । इन्धनको खपत घटाउने उद्देश्यले नेपाल सरकारले दुई दिन सार्वजनिक बिदा दिएको सन्दर्भमा नेपाल आयल निगमले सर्वसाधारणलाई अनावश्यक रूपमा घुमफिर नगर्न अनुरोध गरेको छ।

निगमले एक सूचना जारी गर्दै बिदाको समयमा सवारी साधनको अत्यधिक प्रयोग हुँदा इन्धन खपत बढ्ने भएकाले आवश्यक बाहेकका यात्रा नगर्न आग्रह गरेको हो। इन्धन आपूर्ति व्यवस्थापनमा सहजता ल्याउन तथा देशभर आपूर्ति सन्तुलन कायम राख्न नागरिकको सहयोग आवश्यक रहेको निगमको भनाइ छ।

निगमका अनुसार हालको परिस्थितिमा इन्धनको विवेकपूर्ण प्रयोग अत्यन्त जरुरी भएकाले अनावश्यक यात्रा, लामो दूरीको भ्रमण तथा सवारी साधनको अत्यधिक प्रयोगबाट टाढा रहन सबैमा अपिल गरिएको छ।

सरकारको यो निर्णयलाई प्रभावकारी बनाउन नागरिकको सचेतना र सहयोग महत्वपूर्ण हुने भन्दै निगमले अत्यावश्यक काम बाहेक सवारी साधन नचलाउन आग्रह गरेको छ।

Published Date: 06 April 2026






ताजा
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने
बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न
सोमबार सुनको मूल्य आज तोलामा २ हजार ६ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता