आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने : Icon Khabar

काठमाडौँ, चैत २३ । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्| ठकले गरेको निर्णय अनुसार आजदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ला हुने भएका हुन् ।

यसअघि कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म थियो । मन्त्रिपरिषद् बैठकले इन्धन खपत घटाउनका लागि शनिबार र आइतबार दुई दिन बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । यस सम्बन्धी निर्णय हिजो नै राजपत्रमा प्रकाशित भइसकेको छ ।

सरकारी कार्यालय बिहान ९ देखि स्झ ५ बजे सञ्चालन गर्ने यो पहिलो निर्णय भने होइन । यसअघि १ जेठ, २०७९ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि बिहान साढे ९ देखि बेलुकी साढे ५ बजेसम्म कार्यालय खुल्ने अभ्यास गराएको थियो ।

Published Date: 06 April 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर