कानुनी प्रक्रिया बेवास्ता गर्दा सहकारीमा कर्जा समस्या बढ्यो

कानुनी प्रक्रिया बेवास्ता गर्दा सहकारीमा कर्जा समस्या बढ्यो : Icon Khabar

भक्तपुर, चैत २२ । सहकारी क्षेत्रमा बढ्दो खराब कर्जाको समस्या समाधानका लागि कानुनी प्रक्रियालाई प्रभावकारी बनाउनु आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष हरिकृष्ण वल्लले व्यवहारिकतालाई बढी प्राथमिकता दिँदा कर्जा लगानीमा समस्या आएको बताए।

कार्यक्रममा विज्ञहरूले कानुनी ज्ञानको अभाव, अपूर्ण कागजात र फरक–फरक ब्याज प्रणालीका कारण कर्जा असुली जटिल भएको औंल्याए। सहकारी कर्जा असुली न्यायाधिकरणले कानुनसम्मत प्रक्रियाबाट छिटो असुली गर्न सहयोग गर्ने बताइएको छ।

१४८ जनाको सहभागिता रहेको कार्यक्रममा सहकारीहरूलाई सुरक्षित लगानी र प्रभावकारी असुलीका लागि कानुनी बाटो अपनाउन सुझाव दिइयो।

Published Date: 05 April 2026