भक्तपुरमा बर्ड फ्लु देखिएको पुष्टि, सतर्कता अपनाउन आग्रह

भक्तपुरमा बर्ड फ्लु देखिएको पुष्टि, सतर्कता अपनाउन आग्रह : Icon Khabar

भक्तपुर, चैत २० । भक्तपुर नगरपालिकाले वडा नं. ८ स्थित महेश्वरी क्षेत्रमा कागहरू मृत अवस्थामा फेला परेपछि उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

नगरपालिकाका अनुसार मृत कागहरूको नमुना परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएको थियो। परीक्षणको क्रममा ती कागहरूमा H9 भेरियन्टको बर्ड फ्लु संक्रमण पुष्टि भएको जनाइएको छ।

उक्त भेरियन्ट कुखुरा लगायत विभिन्न पन्छीहरूमा सजिलै सर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्क, पन्छीजन्य पदार्थको ओसारपसार, दाना तथा कुखुरा ढुवानी गर्ने सवारी साधन र हावामार्फत समेत संक्रमण फैलिन सक्ने सम्भावना रहेको छ।

यद्यपि, यस प्रकारको बर्ड फ्लुले मानव स्वास्थ्यमा प्रत्यक्ष गम्भीर असर नपर्ने बताइएको छ। तर, पन्छीपालक किसान तथा व्यवसायीहरूले आफ्ना पन्छीहरू सुरक्षित राख्न आवश्यक सतर्कता अपनाउन नगरपालिकाले निर्देशन दिएको छ।

साथै, वरपर कुनै पनि स्थानमा पन्छी मृत अवस्थामा फेला परेमा तत्काल नगरपालिकाका सरसफाइ कर्मचारी वा सम्बन्धित निकायलाई जानकारी गराई उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ।

नगरपालिकाले सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले यो सूचना सार्वजनिक गरेको जनाएको छ।

Published Date: 03 April 2026


ताजा
भक्तपुरमा बर्ड फ्लु देखिएको पुष्टि, सतर्कता अपनाउन आग्रह
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत १९ गते बिहीबार
प्रदेश सरकार खारेज गर्न सरकारलाई साथ दिन्छौं: ज्ञानेन्द्र शाही
बिहीबार नेप्से परिसूचक ७४.७३ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता