सरकारी सूचना अब सरकारी सञ्चार माध्यममै मात्र प्रकाशन/प्रसारण गर्न निर्देशन

सरकारी सूचना अब सरकारी सञ्चार माध्यममै मात्र प्रकाशन/प्रसारण गर्न निर्देशन : Icon Khabar

काठमाडौं, चैत १९ । नेपाल सरकार अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सरकारी खर्चमा मितव्ययिता कायम गर्ने तथा सूचना प्रवाहमा एकरूपता र पारदर्शिता सुनिश्चित गर्ने उद्देश्यले महत्वपूर्ण निर्देशन जारी गरेको छ।

कार्यालयले हालै जारी गरेको पत्रमार्फत संघ, प्रदेश र स्थानीय तहका सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायहरुलाई अबदेखि सार्वजनिक खरिद लगायतका सूचना, विज्ञापन र प्रसारण कार्य सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र गर्न आग्रह गरेको हो।

निर्देशनअनुसार सार्वजनिक निकायहरुले आफ्ना सूचना प्रकाशन तथा प्रसारण गर्दा गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता सरकारी सञ्चार माध्यम प्रयोग गर्नुपर्नेछ।

त्यसैगरी, यसरी प्रकाशन तथा प्रसारण गरिएका कार्यका लागि भुक्तानी गर्दा सम्बन्धित सञ्चार संस्थाको खातामा सिधै रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। भुक्तानी गर्दा दररेट तथा छुट सम्बन्धित सञ्चार माध्यमले आधिकारिक रूपमा स्वीकृत गरेको हुनुपर्ने पनि स्पष्ट गरिएको छ।

सरकारको यो निर्णयले सरकारी खर्च नियन्त्रणसँगै सूचना प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

Published Date: 02 April 2026


ताजा
सरकारी सूचना अब सरकारी सञ्चार माध्यममै मात्र प्रकाशन/प्रसारण गर्न निर्देशन
यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ
बिहिबार सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घट्यो
आजदेखि एसइई परीक्षा, पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक