मंगलबार सुनको भाउ तोलामै ३ हजार ७०० रुपैयाँले बढ्यो

मंगलबार सुनको भाउ तोलामै ३ हजार ७०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, चैत १७ । नेपाली बजारमा आज सुनको भाउ तोलामै ३ हजार ७०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ थियो ।

सुनसँगै चाँदीको मूल्य पनि बृद्धि भएको छ । आज चाँदीको मूल्य तोलामा १४५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ८४५ रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७०० रुपैयाँ रहेको थियो ।

Published Date: 31 March 2026


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’