हृदयघाट रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम

हृदयघाट रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम : Icon Khabar

भक्तपुर, फागुण १० । भक्तपुर नगरपालिका वडा नं.२ को आयोजनामा वडा स्तरिय बासिहरुलाई हृदयघाट सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा वडा सदस्य न्हुछेराम कोजुले वडा बासिहरुको स्वस्थ्यलाई प्राथमिकता दिदैँ वडामा यस कार्यक्रमको आयोजना गर्नुको साथै स्थानिय बासिन्दाको आवश्यकता अनुसार निर्वाचनको घोषना पत्र अनुसार कार्य गर्दै आएको बताए ।

स्वस्थ्य उपसिमितिका संयोजक मन्जु लाखाजुले घरदैलो नर्सिङ सेवालाई अझ प्रभावकारी बनाउने र जनतासंग प्रत्यक्ष सम्पर्कमा रहने कार्य स्वास्थ्य क्षेत्रबाट भैरहेको बताए । उनले समय र परिस्थिती अनुसार विभिन्न समयमा विभिन्न रोगहरु बारे अभिमुखीकरण कार्यक्रम गर्दै स्वास्थ्य क्षेत्रमा चेताना अभिबृद्धि गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने कुरा पनि प्रष्ट पारे ।

कायक्रममा वडा नं. २ का नर्स जजनी कोजुले हृदयघाट सम्बन्धी प्रस्तुती दिएका थिए ।

Published Date: 22 February 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक