आइतबार नेप्से परिसूचक ५४.५१ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक ५४.५१ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, चैत ८ । सेयरबजार परिसूचक नेप्सेमा उछाल आएको छ । साताको पहिलो दिन आइतबार नेप्से ५४.५१ विन्दुले बढेर २ हजार ९३१.५५ विन्दुमा कायम भएको छ । नेप्सेको यो उचाइ गएको साउन १५ पछाडिकै उच्च विन्दु हो । आज सेयरबजारमा ३६४ कम्पनीका सेयर कारोबार भएका छन् ।

कारोबारमा आएका १८३ कम्पनीका सेयरमूल्य बढेका छन् भने ७३ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । आज कुल ६ करोड १४ लाख ७ हजार ७४ कित्ता सेयर २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँमा किनबेच भएको छ ।

सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचकमा गिरावट आएको छ । बाँकी सबै समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै लघुवित्त समूहको परिसूचक ४.२१ प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक तथा रिलायन्स् स्पिनिङ मिल्स्का सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने एनआईसी एसिया ब्यालेन्स् फण्ड, सुपर मादी हाइड्रोपावर तथा श्रीनगर एग्रिटेक इन्ड्रष्टिजका सेयरधनी रहेका छन् ।

Published Date: 22 March 2026


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी