पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार: २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार: २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर : Icon Khabar

काठमाडौं, चैत ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालिन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मुद्दा दायर गरिएकाहरुमा नागरिक उड्डयन प्राधिकरणका तीन जना पूर्व महानिर्देशक सहित उच्च अधिकारीहरु, परामर्शदाता र निर्माण कम्पनी पनि छन् ।

अख्तियारले पोखरा विमानस्थलको विषयमा दायर गरेको यो दोस्रो मुद्दा हो । यसअघि ८ अर्ब बिगो दावीसहित ५४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भइसकेको छैन। त्यो मुद्दा अदालतमा विचाराधिन छ ।

अख्तियारले ठेकेदार कम्पनी चाइना सीएमसी इन्जिनियङ कम्पनी लिमिटेड र परमर्शदाता इआरइएमसी, ए-नट, साल्टे जेभीविरुद्ध पनि सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्‍याएको भन्दै मुद्दा दायर गरेको छ ।

Published Date: 22 March 2026


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी