मन्त्री चौलागाईंद्वारा तातोपानी–खासा नाका जोड्ने अरनिको राजमार्गका जीर्ण खण्डहरूको अवलोकन

मन्त्री चौलागाईंद्वारा तातोपानी–खासा नाका जोड्ने अरनिको राजमार्गका जीर्ण खण्डहरूको अवलोकन : Icon Khabar

काठमाडौँ, चैत ८ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईंले अरनिको राजमार्गको स्तरोन्नति अपरिहार्य रहेको बताएका छन्।

मन्त्री चौलागाईंले शनिबारको निरीक्षणका क्रममा नेपाल–चीन जोड्ने महत्त्वपूर्ण राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउन सडक स्तरोन्नति अपरिहार्य रहेको आफूले पाएको बताएका हुन्।

‘हिजो शनिबार विभिन्न सडक तथा पुलहरूको स्थलगत निरीक्षण गर्‍यौं। यस क्रममा सूर्यविनायक–धुलिखेल सडकखण्डसहित सिन्धुपाल्चोकको तातोपानी–खासा नाका जोड्ने अरनिको राजमार्गका निर्माणाधीन तथा जीर्ण खण्डहरूको अवलोकन गरियो,’ उनले भनेका छन्।

विशेषगरी पहिरो जोखिमयुक्त क्षेत्रहरूको पहिचान गर्दै दीर्घकालीन र वैज्ञानिक समाधानमार्फत सडकलाई सुरक्षित, दिगो र सहज बनाउने विषयमा सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको चौलागाईंको भनाइ छ।

‘नेपाल–चीन जोड्ने महत्त्वपूर्ण नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सडक स्तरोन्नति अपरिहार्य रहेको हामिले पायौं। स्थानीय जनजीवन, व्यापार र आवतजावतसँग प्रत्यक्ष जोडिएको यस सडकको सुधारमा तीव्रता ल्याउने कुरामा जोड दिइएको छ,’ उनले भनेका छन्।

स्थानीयवासीका गुनासा, सुझाव तथा आवश्यकता समेत सुन्दै तत्काल सुधार गर्नुपर्ने स्थानहरूको पहिचान गरी आगामी नेतृत्वलाई सुझाव हस्तान्तरण गर्ने पनि उनले बताएका छन्।

Published Date: 22 March 2026
ताजा
मन्त्री चौलागाईंद्वारा तातोपानी–खासा नाका जोड्ने अरनिको राजमार्गका जीर्ण खण्डहरूको अवलोकन
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु
अष्ट्रेलियाको बेरोजगारी बढ्यो , बेरोजगारी दर बढेर ४.३ प्रतिशत
आइतबार सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँले घट्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता