आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौँ, चैत ७ । आज २०८२ चैत ७ गते शनिबार, तद्अनुसार २१ मार्च २०२६ । आज चैत शुक्ल तृतिया, एन्द्र तैतल अश्विनी, ईद उल फितर, गौरी व्रत, मत्स्य जयन्ती व्रत, विश्व कविता दिवस, सूर्योदय बिहानः बजे, सूर्यास्त साँझः बजे ।

आजको राशिफल

मेष राशि: मेष राशि भएकाहरूको योजना सफल हुनेछ। कार्यस्थलमा परिवर्तन सम्भव छ । विरोधी सक्रिय रहनेछन्। सामाजिक प्रतिष्ठा बढ्नेछ। साथीहरूको सहयोग पाइनेछ। आम्दानी बढ्नेछ । शुभ रंग नीलो हो भने शुभ अंक ९ रहेको छ ।

वृष राशि: वृष राशि भएकाहरूले व्यवसायमा ध्यान दिनु पर्नेछ। समय व्यर्थ नगुमाउनुहोला । पूजा–पाठमा मन लाग्नेछ। हतार गर्दा हानि हुन सक्छ। लगानी शुभ रहनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ ।

मिथुन राशि: मिथुन राशि भएकाहरूको घर–परिवारका सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नेछ। बोलीमा नियन्त्रण राख्नुहोला। चोटपटक वा दुर्घटना हुन सक्छ, सतर्क रहनुहोला। अपेक्षित कामहरू ढिलो हुनेछन् । शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ ।

कर्कट राशि: कर्कट राशि भएकाहरूको कानुनी अड्चन हटेर लाभको स्थिति सिर्जना हुनेछ। प्रेम प्रसंगमा जोखिम नलिनुहोला। व्यापारमा लाभ हुनेछ। जागिरमा प्रभाव बढ्नेछ। प्रसन्नता रहनेछ। भाग्य साथ दिनेछ । शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ ।

सिंह राशि: सिंह राशि भएकाहरू बेरोजगारी हटाउने प्रयास सफल हुनेछन्। परीक्षा तथा अन्तरवार्तामा सफलता मिल्नेछ। स्थायी सम्पत्तिबाट ठूलो लाभ मिल्न सक्छ। लगानी लाभदायक हुनेछ । शुभ रंग बदामी हो भने शुभ अंक ८ रहेको छ ।

कन्या राशि: कन्या राशि भएकाहरूले पार्टी र पिकनिकको रमाइलो पाइनेछ। रचनात्मक कार्यहरूमा सफलता मिल्नेछ। मनपर्ने खानेकुराको स्वाद पाइनेछ। व्यापार–व्यवसाय लाभदायक रहनेछ। समय अनुकूल रहनेछ। शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ ।

तुला राशि: तुला राशि भएकाहरूलाई अनावश्यक तनाव रहनेछ। कसैसँग विवाद हुन सक्छ। अनावश्यक कुरामा ध्यान नदिनुहोला। मेहनत धेरै, लाभ कम हुनेछ । व्यापार–व्यवसाय लाभदायक हुनेछ। आम्दानीमा स्थिरता रहनेछ । शुभ रंग क्रीम हो भने शुभ अंक ३ रहेको छ ।

वृश्चिक राशि: वृश्चिक राशि भएकाहरूलाई जीवनसाथीको साथ मिल्नेछ। परिश्रमको फल पाइनेछ। काममा सफलता मिल्नेछ। लगानी लाभदायक हुनेछ। व्यापारमा इच्छानुकूल लाभ हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। व्यस्तता रहनेछ । शुभ रंग आकाशे नीलो हो भने शुभ अंक २ रहेको छ ।

धनु राशि: धनु राशि भएकाहरूलाई उत्साह दिने खबर प्राप्त हुनेछ। पुराना साथीभाइसँग भेट हुने सम्भावना छ। विरोधी सक्रिय हुनेछन्। ठूलो काम गर्ने इच्छा हुनेछ। झन्झटबाट टाढा रहनुहोला । फजुल खर्च हुनेछ। व्यापारमा लाभ हुनेछ। जोखिम नलिनुहोला ‌। शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ ।

मकर राशि: मकर राशि भएकाहरूलाई नयाँ लुगा वा गहना प्राप्त हुन सक्छ। यात्रा लाभदायक रहनेछ। बेरोजगारी हटाउने प्रयास सफल हुनेछन्। व्यापारमा ठूलो लाभ मिल्ने सम्भावना छ। खुशी रहनेछ । शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ ।

कुम्भ राशि: कुम्भ राशि भएकाहरूले अनावश्यक खर्चमा नियन्त्रण राख्नुहोला । बजेट गडबड हुन सक्छ। शारीरिक पीडाले बाधा आउन सक्छ। लेनदेनमा सावधानी अपनाउनुहोला । बोलीमा नरम शब्द प्रयोग गर्नुहोला । आम्दानी हुनेछ तर सन्तुष्टि नहुन सक्छ । शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ ।

मीन राशि: मीन राशि भएकाहरूको यात्रा लाभदायक हुनेछ। हराएको रकम फिर्ता पाउने सम्भावना छ, प्रयास गर्नुहोला। उन्नतिको मार्ग खुल्नेछ। जागिरमा प्रभाव बढ्नेछ । शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ ।

Published Date: 21 March 2026


ताजा
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो
रास्वपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी