बिहीबार नेप्से परिसूचक ६४.६७ अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक ६४.६७ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, चैत ५ । साताको अन्तिम कारोबार दिन विहीबार सेयरबजार परिसूचक नेप्सेमा चमक आएको छ । बिहीबार नेप्से ६४.६७ अंकले बढेर २ हजार ८७७.०२ विन्दुमा कायम भएको छ । आज सेयरबजारमा ३४२ कम्पनीका सेयर कारोबार भएका छन् ।

यी मध्ये २४० कम्पनीका सेयरमूल्य बढेका छन् भने २२ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । आज कुल ५ करोड ६९ लाख २० हजार ६०८ कित्ता सेयर २१ अर्ब २२ करोड ३४ लाख ९५ हजार रुपैयाँमा किनबेच भएको छ । बुधबारको तुलनामा विहीबारको कारोवार ७६ प्रतिशतले बढी हो ।

आज सेयरबजारमा सूचीकृत सबै समूहको परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक ३.९५ प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक तथा रिलायन्स् स्पिनिङ मिल्स्का सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने नेपाल लाईफ समृद्धि लगानी योजना, एभरेष्ट बैंक लिमिटेडको डिवेञ्चरका लगानीकर्ता तथा माहुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् ।

Published Date: 19 March 2026


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै