रास्वपाले कटायो समानुपातिकतर्फ ५० लाख मत

रास्वपाले कटायो समानुपातिकतर्फ ५० लाख मत : Icon Khabar

काठमाडौँ, फागुन २६ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाख मत कटाएको छ। १ करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको छ।

नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६, नेकपा एमालेले १४ लाख ११ हजार ४२९ मत प्राप्त गरेको छ। चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ६६ हजार ८७५, श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २४ हजार ८८१ मत प्राप्त गरेको छ।

हालसम्मको गणनाका आधारमा मत विभाजक सूत्रबाट हिसाब गर्दा रास्वपाले ५८, कांग्रेसले १९, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति र राप्रपाले ४–४ सिट प्राप्त गर्नेछन्।

Published Date: 10 March 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने