अब सरकारलाई सडकबाट निरन्तर खबरदारी गर्छौं: नेमकिपा

अब सरकारलाई सडकबाट निरन्तर खबरदारी गर्छौं: नेमकिपा : Icon Khabar

भक्तपुर, फागुन २४ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जनताबाट प्राप्त मतप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सरकारलाई सडकबाट निरन्तर खबरदारी गर्ने प्रतिबद्धता जनाएको छ।

पार्टी केन्द्रीय समितिले जारी गरेको प्रेस वक्तव्यमा निर्वाचनमा सहभागी सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै लोकतान्त्रिक प्रक्रियालाई सम्मान गर्ने जनाएको हो। वक्तव्यमा भनिएको छ कि देश र जनताको सेवा तथा सच्चा राजनीतिक विकल्प प्रस्तुत गर्ने उद्देश्यले पार्टीले निर्वाचनमा भाग लिएको उल्लेख गरिएको छ।

नेमकिपाले सीमित स्रोत–साधनका बाबजुद पनि आफ्ना कार्यकर्ता र समर्थकहरूले अत्यन्त मेहनतका साथ चुनावी अभियान सञ्चालन गरेको उल्लेख गर्दै मतदाताले व्यक्त गरेको विश्वासलाई उच्च सम्मान गर्ने बताएको छ। पार्टीले निर्वाचन परिणामलाई स्वीकार गर्दै विजयी उम्मेदवारलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएको छ।

वक्तव्यमा देशको स्वाधीनता, लोकतन्त्र तथा जनताको हितका लागि नेमकिपाले निरन्तर संघर्ष जारी राख्ने उल्लेख गरिएको छ। साथै जनताको पक्षमा सरकारलाई सचेत गराउँदै आवश्यक पर्दा सडकबाटै खबरदारी गर्ने प्रतिबद्धता पार्टीले व्यक्त गरेको छ।

पार्टीले आगामी दिनमा पनि देश र जनताको हितलाई केन्द्रमा राखेर आफ्ना गतिविधि अघि बढाउने स्पष्ट पारेको छ।

उक्त प्रेस वक्तव्य नेमकिपाका सचिव प्रेम सुवालद्वारा जारी गरिएको हो।

Published Date: 09 March 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय