काठमाडौँमा वायु प्रदूषणको स्तर बढ्दै, घर बाहिर निस्किँदा मास्कको प्रयोग गर्न अनुरोध

काठमाडौँमा वायु प्रदूषणको स्तर बढ्दै, घर बाहिर निस्किँदा मास्कको प्रयोग गर्न अनुरोध : Icon Khabar

काठमाडौँ, फागुन २४ । वायु प्रदूषणको स्तर बढ्दै गइरहेको भन्दै वातावरण विभागले न्यूनिकरणका लागि सबैमा अनुरोध गरेको छ ।

विभागले विज्ञप्ति जारी गर्दै वायु प्रदूषणका असरबाट जोगिन आमनागरिकहरूलाई सावधानी अपनाउन अनुरोध गरेको हो ।

विशेषगरी वायु प्रदूषण बढी भएको समयमा घर बाहिर निस्किँदा मास्कको प्रयोग गर्न अनुरोध गरिएको छ । विशेष गरी काठमाडौं, पोखरालगायत देशका ठूला सहरहरूका अतिरिक्त तराईका अधिकांश स्थानमा मसिना कणहरूको प्रदूषण बढेको भन्दै बिहान र बेलुकाको समयमा वायु प्रदूषण उच्च हुने गरेको विज्ञप्ति उल्लेख छ ।

‘चिसोको कारण विभिन्न स्रोतबाट उत्सर्जन भएको प्रदूषण छरिएर जान नसक्ने तथा विगत लामो समयदेखि वर्षा नभएको कारण पनि यो सिजनमा वायु प्रदूषण उच्च हुने गरेको छ । यसका साथै देशका केही स्थानमा वन डढेलोका घटनाहरू पनि सुरु हुन थालिसकेका छन् । जसले वायु प्रदूषण बढ्नमा भूमिका खेल्दछन् । यसका अलावा उद्योग कलकारखानाहरू, सवारीका साधनहरू, फोहोर जलाउने क्रियाकलापहरू, बालीनालीका अवशेष जलाउने क्रियाकलापहरू, देश बाहिरबाट आउने प्रदूषण आदि वायु प्रदूषणका प्रमुख स्रोतहरू रहिआएका छन् । वायु प्रदूषणले तपाईं हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ’, विज्ञप्तिमा भनिएको छ ।

विभागले वायु प्रदूषणले विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं दमखोकी जस्ता श्वासप्रश्वास सम्बन्धी रोगीहरूलाई बढी असर पार्न भएकोले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

मौसमी प्रतिकूलताका कारण हालैका दिनहरूमा देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ।

Published Date: 09 March 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय