काठमाडौँमा वायु प्रदूषणको स्तर बढ्दै, घर बाहिर निस्किँदा मास्कको प्रयोग गर्न अनुरोध

काठमाडौँमा वायु प्रदूषणको स्तर बढ्दै, घर बाहिर निस्किँदा मास्कको प्रयोग गर्न अनुरोध : Icon Khabar

काठमाडौँ, फागुन २४ । वायु प्रदूषणको स्तर बढ्दै गइरहेको भन्दै वातावरण विभागले न्यूनिकरणका लागि सबैमा अनुरोध गरेको छ ।

विभागले विज्ञप्ति जारी गर्दै वायु प्रदूषणका असरबाट जोगिन आमनागरिकहरूलाई सावधानी अपनाउन अनुरोध गरेको हो ।

विशेषगरी वायु प्रदूषण बढी भएको समयमा घर बाहिर निस्किँदा मास्कको प्रयोग गर्न अनुरोध गरिएको छ । विशेष गरी काठमाडौं, पोखरालगायत देशका ठूला सहरहरूका अतिरिक्त तराईका अधिकांश स्थानमा मसिना कणहरूको प्रदूषण बढेको भन्दै बिहान र बेलुकाको समयमा वायु प्रदूषण उच्च हुने गरेको विज्ञप्ति उल्लेख छ ।

‘चिसोको कारण विभिन्न स्रोतबाट उत्सर्जन भएको प्रदूषण छरिएर जान नसक्ने तथा विगत लामो समयदेखि वर्षा नभएको कारण पनि यो सिजनमा वायु प्रदूषण उच्च हुने गरेको छ । यसका साथै देशका केही स्थानमा वन डढेलोका घटनाहरू पनि सुरु हुन थालिसकेका छन् । जसले वायु प्रदूषण बढ्नमा भूमिका खेल्दछन् । यसका अलावा उद्योग कलकारखानाहरू, सवारीका साधनहरू, फोहोर जलाउने क्रियाकलापहरू, बालीनालीका अवशेष जलाउने क्रियाकलापहरू, देश बाहिरबाट आउने प्रदूषण आदि वायु प्रदूषणका प्रमुख स्रोतहरू रहिआएका छन् । वायु प्रदूषणले तपाईं हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ’, विज्ञप्तिमा भनिएको छ ।

विभागले वायु प्रदूषणले विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं दमखोकी जस्ता श्वासप्रश्वास सम्बन्धी रोगीहरूलाई बढी असर पार्न भएकोले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

मौसमी प्रतिकूलताका कारण हालैका दिनहरूमा देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ।

Published Date: 09 March 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने