सोमबार नेप्से परिसूचक २.४१ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक २.४१ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, फागुन ११ । साताको दोस्रो कारोबार दिन सेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । आज नेप्से २.४१ अंकले बढेर २ हजार ६१६.९७ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३२९ कम्पनीका सेयर कारोबार भएका छन् ।

ती मध्ये ११३ कम्पनीका सेयरमूल्य बढेका छन् भने १४० कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । आज कुल १ करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर ५ अर्ब १३ करोड ८६ लाख ५० हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम आइतबारको तुलनामा २३.३० प्रतिशतले कमी हो ।

सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्त, लगानी, जीवन बीमा तथा अन्य समूहका परिसूचक सकारात्मक रहेका छन् । होटेल तथा पर्यटन, जलविद्युत, उत्पादनशील समूह, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा तथा वयापार समूहको परिसूचकमा भने गिरावट आएको छ ।

सालपा विकास बैंक, रिलायन्स् स्पिनिङ् मिल्स् तथा मेघा म्युचुअल फण्डका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने एनआईवीएल समृद्धि फण्ड, मोलुङ हाइड्रोपावर कम्पनी तथा कालीका लघुवित्त वित्तीय संसथाका सेयरधनी रहेका छन् ।

Published Date: 23 February 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने