सोमबार नेप्से परिसूचक २.४१ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक २.४१ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, फागुन ११ । साताको दोस्रो कारोबार दिन सेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । आज नेप्से २.४१ अंकले बढेर २ हजार ६१६.९७ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३२९ कम्पनीका सेयर कारोबार भएका छन् ।

ती मध्ये ११३ कम्पनीका सेयरमूल्य बढेका छन् भने १४० कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । आज कुल १ करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर ५ अर्ब १३ करोड ८६ लाख ५० हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम आइतबारको तुलनामा २३.३० प्रतिशतले कमी हो ।

सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्त, लगानी, जीवन बीमा तथा अन्य समूहका परिसूचक सकारात्मक रहेका छन् । होटेल तथा पर्यटन, जलविद्युत, उत्पादनशील समूह, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा तथा वयापार समूहको परिसूचकमा भने गिरावट आएको छ ।

सालपा विकास बैंक, रिलायन्स् स्पिनिङ् मिल्स् तथा मेघा म्युचुअल फण्डका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने एनआईवीएल समृद्धि फण्ड, मोलुङ हाइड्रोपावर कम्पनी तथा कालीका लघुवित्त वित्तीय संसथाका सेयरधनी रहेका छन् ।

Published Date: 23 February 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय