उपचारका लागि ‘साम्बा’को हारगुहारः एन्फाले हात झिकेपछि समर्थकसँग सहयोगको अपील

उपचारका लागि ‘साम्बा’को हारगुहारः एन्फाले हात झिकेपछि समर्थकसँग सहयोगको अपील : Icon Khabar

काठमाडौँ, फागुन ११ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि सार्वजनिक रूपमा आर्थिक सहयोगको अपील गरेकी छिन्।

चोटका कारण विगत ७ हप्तादेखि मैदान बाहिर रहेकी साम्बाले अखिल नेपाल फुटबल संघ (एन्फा)बाट अपेक्षित सहयोग नपाएपछि समर्थक र सरकारको ढोका ढकढक्याएकी हुन्। सामाजिक संजालमार्फत आफ्नो पीडा पोख्दै साम्बाले भनिन्, “मैले आफ्नो अभिभावक मानेको एन्फा नै पछाडि हटेपछि अब मेरो साथ दिने आम समर्थक मात्र हुनुहुन्छ।”साम्बाको घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । उनले कतारको सुप्रसिद्ध ‘अस्पेटार’ अस्पतालमा पुन: जटिल शल्यक्रिया गराउनुपर्ने बताएकी छिन्।

उनका अनुसार सुरुमा एन्फाले उपचारको जिम्मेवारी लिने आश्वासन दिए पनि पछि प्रशासनिक सहयोग गर्न नसकिने भन्दै हात झिकेको छ। एन्फा अध्यक्षले ५ लाख रुपैयाँसम्म मात्र सहयोग गर्न सकिने र बाँकी प्रक्रिया आफैं मिलाउन भनेपछि साम्बा अन्योलमा परेकी हुन्।

‘चोट लागेको ३ सातापछिको लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भएपनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो । तर सो अनुसार एन्फाबाट प्रक्रिया अघि बढेन । मैले पटक पटक प्रयास गर्दापनि वहाँहरुलाई सम्पर्क गर्न कठिन भयो । अघिल्लो साता एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । वहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ । यसबीचमा क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको बताइरहेको छ । तर मेरो चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको रहेकाले मैले पुन: सोहि अस्पतालमा उपचार गराउने इच्छा राखेको हुँ ।’ उनले भनेकी छन् ।

हाल न्युजिल्यान्डमा रहेकी साम्बाले आफ्नो शल्यक्रिया र ७–८ महिनाको रिह्याब (पुनर्स्थापना)का लागि करिब ८० हजार अमेरिकी डलर (करिब १ करोड नेपाली रुपैयाँ भन्दा बढी) खर्च हुने प्रारम्भिक अनुमान गरेकी छिन्। क्लबले बीमा मार्फत केही रकम उपलब्ध गराउने भए पनि त्यो अपुग हुने देखिएको छ।

इजरायल, फ्रान्स र न्युजिल्यान्डका लिगहरूमा नेपालको झण्डा फहराएकी साम्बाले आफू व्यक्तिगत भन्दा पनि राष्ट्रको पहिचानका लागि लडिरहेको बताएकी छिन्। “मैले देशको लागि सधैं शत प्रतिशत दिएको छु। राष्ट्रिय टोलीको कप्तान, जो युरोपमा पुगेर खेलेको छ, उसले त यस्तो अवस्था भोग्नुपर्छ भने अरुको के होला?” उनले प्रश्न गरेकी छिन्। उनले सरकार र सरोकारवाला निकायलाई आफ्नो प्रतिनिधित्व गर्दै छिटो प्रक्रिया अघि बढाइदिन आग्रह गरेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 February 2026


ताजा
उपचारका लागि ‘साम्बा’को हारगुहारः एन्फाले हात झिकेपछि समर्थकसँग सहयोगको अपील
सोमबार नेप्से परिसूचक २.४१ अंकले बढ्यो
सोमबारको सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले बढ्यो
भावुक क्षण: राजु लामा र प्रशान्त तामाङकी छोरीबीच आत्मीय भेट


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी