सोल्टी होटल्सले सञ्चालनमा ल्यायो मनकामना मन्दिर नजिक लक्जरी रिसोर्ट

सोल्टी होटल्सले सञ्चालनमा ल्यायो मनकामना मन्दिर नजिक लक्जरी रिसोर्ट : Icon Khabar

काठमाडौं, फागुन ७ । सोल्टी होटल्स एन्ड रिसोर्ट्सले प्रमुख पवित्र धार्मिक स्थल मनकामना मन्दिर नजिक लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको छ ।

सोल्टी होटल्सका अनुसार १ सय रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा ५१ कोठा छ । त्यस्तै ३ हजार २ सय वर्गमिटरको ब्यांक्वेट हल, ५५ वर्गमिटरको बैठक कक्ष, स्विमिङ पुल, रेस्टुरेन्ट, लबी बार, टेरेस, बगैँचा लगायत सुविधा उपलब्ध छ ।

‘होटल सोल्टी वेस्टेन्ड रिसोर्ट मनकामना रिसोर्ट्स’ को स्वामित्व मनकामना रिट्रिट रिसोर्टस एन् स्पा प्रालिमा निहित छ । सोल्टी होटल्स एन्ड रिसोर्ट्सले सोल्टी वेस्टेन्ड रिसोर्ट मनकामना ब्रान्डमा व्यावस्थापन तथा सञ्चालन गर्ने छ । सोल्टी चेन होटल विस्तार क्रममा यो सोल्टीको नयाँ रिसोर्ट हो ।

सोल्टी वेस्टेन्ड रिसोर्ट मनकामना सोल्टी ब्रान्डको विस्तार रणनीतिमा महत्त्वपूर्ण कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ । यसले नेपाल तथा अन्तर्राष्ट्रिय आतिथ्य मापदण्डलाई नेपालको परिप्रेक्ष्यमा सुदृढ गर्ने सोल्टी होटेल्स एन्ड रिसोर्टस्को प्रतिबद्धतालाई सबल र सशक्त पार्दै देशभरिका प्रमुख पर्यटन गन्तव्य, धार्मिक र आध्यात्मिक स्थल, मनोरञ्जनात्मक गन्तव्य र व्यावसायिक यात्रा गन्तव्यलाई प्रोत्साहन तथा प्रर्वद्धन गर्ने उद्धेश्य निहित छ ।

यो रिसोर्ट धार्मिक तथा आध्यात्मिक पर्यटक तीर्थयात्री, छुट्टी मनाउन भ्रमण गर्ने पर्यटक, व्यावसायिक भ्रमण गर्ने कर्पोरेट यात्रु, सभासमारोह तथा बैठकमा सहभागिता जनाउने गन्तव्यका अतिथि र पारिवारिक जमघटका लागि उपयुक्त गन्तव्यका रूपमा डिजाइन गरिएको छ ।

रिसोर्ट मनकामनामा अत्याधुनिक सुविधासम्पन्न पाहुना कोठासहित समकालीन नेपाली आतिथ्य सुविधाको सम्मिश्रण रहेको छ । रिसोर्टमा फिटनेस सेन्टर, स्पा, खुला योग डेक, छुट्टै बेबी पुल भएको स्वीमिङ पूल, बालबालिका क्षेत्र, जगिङ ट्र्याक लगायत सुविधा पनि उपलब्ध छ ।

नेपालको एकमात्र स्वदेशी पाँचतारे होटल चेनका रूपमा सोल्टी होटल्स एन्ड रिसोर्ट्सले आफ्नो गहन नेपालीपन र अन्तर्राष्ट्रिय आतिथ्य मापदण्ड कायम राख्न सफल भएको जनाएको छ ।

सोल्टी होटल्स् एन्ड रिसोर्ट्सको सोल्टी हेरिटेज क्लब सञ्चालनमा छ जसले सोल्टी ब्रान्डको विशेष लोयल्टी कार्यक्रमका माध्यमबाट आफ्ना पाहुनालाई विशिष्ट सेवा सुविधा, अतिथिमा आधारित व्यक्तिगत सेवा र विस्तारित पोर्टफोलियोमा विशेष अनुभवसँग पुरस्कृत गर्दै सुविधा प्रदान गर्दै आएको छ ।

Published Date: 19 February 2026






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता