एकै व्यक्तिले धेरै लघुवित्त संस्थाबाट ऋण लिन नपाउने व्यवस्था राष्ट्र बैंकले ल्याउदै

एकै व्यक्तिले धेरै लघुवित्त संस्थाबाट ऋण लिन नपाउने व्यवस्था राष्ट्र बैंकले ल्याउदै : Icon Khabar

काठमाडौं, फागुन ९ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले एकै व्यक्तिले धेरै लघुवित्त संस्थाबाट ऋण लिन नपाउने व्यवस्था राष्ट्र बैंकले ल्याउन लागेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लघुवित्त, संकटको कारण र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा नेपालले ३३ लाखभन्दा बढी लघुवित्त ऋणी रहेकाले प्रत्येकको फाइल हेर्न नसकेको बताए ।

उनले पछिल्लो समय धेरै लघुवित्त संस्थाको सदस्य भएकाले सबैबाट ऋण लिएर एक व्यक्ति समस्यामा परेको र अहिले निर्देशिका मार्फत कडाई गर्ने तयारी भइरहेको बताए । नेपालले लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरे मात्रै धेरै समस्या समाधान हुने बताए । वित्तीय साक्षरता नहुँदा ऋणीले लिएको ऋण सदुपयोग गर्न नसकेको उनले बताए ।

त्यस्तै पछिल्लो समय लघुवित्तमा देखिएका समस्या समाधान गर्न आवश्यक रहेको उनले बताए । लघुवित्तका कर्मचारीले स्थानीय तहमा आचरणमा सुधार ल्याउन आवश्यक रहेको भन्दै कर्जा सार्कका कारण स्थानीय तहमा समस्या बढ्दै गएको उनले बताए ।

त्यसैगरी नेपालले लघुवित्त संस्थाका कर्मचारीलाई बिहान १० बजेदेखि बेलुका ११ बजेसम्म ग्राहकको घरमा नआउन र तत्काल घरमा ताला लगाएर गाईवस्तु लिएर यातना दिन आग्रह गरेको छ ।

नेपालले कुनै पनि लघुवित्त संस्थाले १५ प्रतिशतभन्दा बढी ब्याज लिएमा राष्ट्र बैंकमा उजुरी गर्न सबैलाई आग्रह गरेको छ । पछिल्लो समय ५ देखि १० प्रतिशत लघुवित्त संस्थाले नराम्रो काम गरेकाले आफू सच्याउनुपर्ने वा कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

नेपालले पछिल्लो समय केही सेयरधनीले लघुवित्तमा घुसेर लघुवित्तमा भ्रष्टाचार गरेको आरोप समेत लगाएको छ । उनले कोरोना महामारी र तरलता अभावका कारण लघुवित्तमा पनि समस्या भएको दाबी गरे ।

यसैबीच लघुवित्त संघ नेपालका अध्यक्ष जगत पोखरेलले धेरै लघुवित्त भएकाले समस्या भएको बताए । राष्ट्र बैंकले दिएको निर्देशनमा लघुवित्त संस्थाले काम गर्नुपर्ने र पालना नगरे कारबाही गर्नुपर्ने उनले बताए ।

पोखरेलले पनि लघुवित्तले ग्रामीण क्षेत्रमा उत्पादन बढाउन र बजार व्यवस्थापन गर्न कसरी लगानी गर्ने भन्नेमा जोड दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 February 2023
Website | + posts
ताजा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलद्वारा भिजिटर पास वितरण बन्द
सरकारद्वारा एकैपटक ७२ जना सहसचिवहरूको सरुवा
विदेश पठाउने भन्दै चार करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ
बुधबार नेप्से परिसूचक १०.५० अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू