एकै व्यक्तिले धेरै लघुवित्त संस्थाबाट ऋण लिन नपाउने व्यवस्था राष्ट्र बैंकले ल्याउदै

एकै व्यक्तिले धेरै लघुवित्त संस्थाबाट ऋण लिन नपाउने व्यवस्था राष्ट्र बैंकले ल्याउदै : Icon Khabar

काठमाडौं, फागुन ९ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले एकै व्यक्तिले धेरै लघुवित्त संस्थाबाट ऋण लिन नपाउने व्यवस्था राष्ट्र बैंकले ल्याउन लागेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लघुवित्त, संकटको कारण र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा नेपालले ३३ लाखभन्दा बढी लघुवित्त ऋणी रहेकाले प्रत्येकको फाइल हेर्न नसकेको बताए ।

उनले पछिल्लो समय धेरै लघुवित्त संस्थाको सदस्य भएकाले सबैबाट ऋण लिएर एक व्यक्ति समस्यामा परेको र अहिले निर्देशिका मार्फत कडाई गर्ने तयारी भइरहेको बताए । नेपालले लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरे मात्रै धेरै समस्या समाधान हुने बताए । वित्तीय साक्षरता नहुँदा ऋणीले लिएको ऋण सदुपयोग गर्न नसकेको उनले बताए ।

त्यस्तै पछिल्लो समय लघुवित्तमा देखिएका समस्या समाधान गर्न आवश्यक रहेको उनले बताए । लघुवित्तका कर्मचारीले स्थानीय तहमा आचरणमा सुधार ल्याउन आवश्यक रहेको भन्दै कर्जा सार्कका कारण स्थानीय तहमा समस्या बढ्दै गएको उनले बताए ।

त्यसैगरी नेपालले लघुवित्त संस्थाका कर्मचारीलाई बिहान १० बजेदेखि बेलुका ११ बजेसम्म ग्राहकको घरमा नआउन र तत्काल घरमा ताला लगाएर गाईवस्तु लिएर यातना दिन आग्रह गरेको छ ।

नेपालले कुनै पनि लघुवित्त संस्थाले १५ प्रतिशतभन्दा बढी ब्याज लिएमा राष्ट्र बैंकमा उजुरी गर्न सबैलाई आग्रह गरेको छ । पछिल्लो समय ५ देखि १० प्रतिशत लघुवित्त संस्थाले नराम्रो काम गरेकाले आफू सच्याउनुपर्ने वा कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

नेपालले पछिल्लो समय केही सेयरधनीले लघुवित्तमा घुसेर लघुवित्तमा भ्रष्टाचार गरेको आरोप समेत लगाएको छ । उनले कोरोना महामारी र तरलता अभावका कारण लघुवित्तमा पनि समस्या भएको दाबी गरे ।

यसैबीच लघुवित्त संघ नेपालका अध्यक्ष जगत पोखरेलले धेरै लघुवित्त भएकाले समस्या भएको बताए । राष्ट्र बैंकले दिएको निर्देशनमा लघुवित्त संस्थाले काम गर्नुपर्ने र पालना नगरे कारबाही गर्नुपर्ने उनले बताए ।

पोखरेलले पनि लघुवित्तले ग्रामीण क्षेत्रमा उत्पादन बढाउन र बजार व्यवस्थापन गर्न कसरी लगानी गर्ने भन्नेमा जोड दिएको बताए ।

Published Date: 21 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा