भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी

भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी : Icon Khabar

भक्तपुर, जेठ १० । भक्तपुर प्रहरीले एक राउण्ड गोली र लागूऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २०८३ जेठ १० गते दिउँसो करिब १ः१५ बजे विशेष सूचनाको आधारमा भक्तपुर नगरपालिका–२ व्यासी क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको थियो। जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उक्त स्थानमा बस्दै आएका २० वर्षीय सुमित त्यातलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले उनको साथबाट ३०३ राइफलमा प्रयोग हुने एक राउण्ड गोली तथा लागूऔषध ट्रामाडोल १० चक्की बरामद गरेको जनाएको छ। पक्राउ परेका युवकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

Published Date: 24 May 2026


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली