शुक्रबार सुनको मूल्यमा गिरावट

शुक्रबार सुनको मूल्यमा गिरावट : Icon Khabar

काठमाडौँ, जेठ २२ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको हो ।

जसअनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ । बिहीबार भने सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ६४ हजार ९२० रुपैयाँ कायम भएको छ ।

सुनसँगै आज चाँदी पनि सस्तिएको छ । चाँदी ५५ रुपैयाँले घट्दै प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 05 June 2026