शुक्रबार नेप्से परिसूचक ११.३७ अंकले घट्यो

शुक्रबार नेप्से परिसूचक ११.३७ अंकले घट्यो : Icon Khabar

काठमाडौं, जेठ २२ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेको छ। अघिल्लो कारोबार दिन बिहीबार घटेर बन्द भएको नेप्से आज पनि घटेको हो।

आज नेप्से परिसूचक ११.३७ अंक घटेर २७५५.४१ विन्दुमा झरेको छ। नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ। हिजो बिहीबार ४ अर्ब ७० करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ५ अर्ब ६२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

आज कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। १३ उपसमूहमध्ये आज चार उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।

Published Date: 05 June 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने