सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र

सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र : Icon Khabar
भक्तपुर, वैशाख २७ । “शिक्षा केवल अक्षर चिन्ने माध्यम होइन, जीवनलाई सही दिशा दिने संस्कार हो” भन्ने मान्यतालाई आत्मसात गर्दै भक्तपुर नगरपालिका वडा नं. ७, इनाचो (खंचा) मा स्थापित सूर्योदय सेकेण्डरी स्कूल विगत चार दशकदेखि गुणस्तरीय शिक्षाको ज्योति फैलाइरहेको प्रतिष्ठित शैक्षिक संस्था हो। वि.सं. २०३७ सालमा स्थापना भएको यस विद्यालयले हजारौं विद्यार्थीलाई शिक्षित बनाउँदै समाजमा सफल, अनुशासित र जिम्मेवार नागरिक निर्माण गर्ने गौरवपूर्ण इतिहास बनाएको छ।

SOORYODAYA… where the bright future rises..“सूर्योदय… जहाँ उज्यालो भविष्य उदाउँछ” भन्ने मूल नारालाई आत्मसात गरेको विद्यालयले शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी संस्कार, सीप, सिर्जनशीलता र व्यक्तित्व विकाससँग जोडेर अघि बढाएको छ। यही कारणले आज सूर्योदय सेकेण्डरी स्कूल भक्तपुर क्षेत्रकै विश्वासिलो तथा अभिभावकहरूको पहिलो रोजाइको विद्यालयका रूपमा परिचित बनेको छ।

विद्यालय स्थापना कालदेखि नै अनुशासन, नैतिकता र गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै आएको छ। समयानुकूल आधुनिक शिक्षण पद्धति, अनुभवी तथा समर्पित शिक्षक–शिक्षिकाको टोली, विद्यार्थीमैत्री वातावरण र विविध सह–पाठ्यक्रम गतिविधिका कारण विद्यालयले छोटो समयमै आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएको हो।

वि.सं. २०६६ सालको एस.एल.सी. परीक्षामा देशभरका उत्कृष्ट पाँच विद्यालयभित्र पर्न सफल हुनु विद्यालयको शैक्षिक यात्राको एउटा महत्वपूर्ण उपलब्धि हो। त्यतिबेला विद्यालयका अधिकांश विद्यार्थीहरूले distinction तथा A+ ग्रेड ल्याएर विद्यालयको गौरव अझ उचो बनाएका थिए। आज पनि विद्यालयले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै गुणस्तरीय शिक्षाको परम्परालाई कायम राखिरहेको छ।

सूर्योदय सेकेण्डरी स्कूलमा शिशु कक्षादेखि कक्षा १० सम्म अध्ययनको व्यवस्था गरिएको छ। बालबालिकाको उमेर, मनोविज्ञान र रुचिअनुसार शिक्षण विधि अपनाइने भएकाले विद्यार्थीहरूले सहज, रमाइलो र सिर्जनात्मक वातावरणमा अध्ययन गर्ने अवसर पाउँछन्। विद्यालयले बालमैत्री शिक्षण शैलीमार्फत विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक व्यवहार विकास गर्न विशेष जोड दिएको छ।

विद्यालयको अर्को महत्वपूर्ण पक्ष भनेको सह–पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापप्रतिको विशेष प्राथमिकता हो। यहाँ चित्रकला, नृत्य, हस्तलेखन, स्काउट, खेलकुद लगायतका विभिन्न गतिविधिहरू नियमित सञ्चालन गरिन्छ। यस्ता कार्यक्रमहरूले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न मद्दत गर्नुका साथै उनीहरूलाई बहुआयामिक व्यक्तित्व निर्माणतर्फ प्रेरित गर्छन्। विद्यालयले शिक्षा केवल परीक्षामुखी नभई जीवन उपयोगी हुनुपर्छ भन्ने विश्वास राख्दै व्यवहारिक र सिर्जनात्मक सिकाइमा जोड दिएको छ।

विद्यार्थीको शैक्षिक प्रगति मात्र नभई उनीहरूको आचरण, संस्कार र जीवन सीप विकासमा विद्यालयले विशेष ध्यान दिने गरेको छ। “शिक्षालाई संस्कारसँग जोड्ने” विद्यालयको मूल उद्देश्य नै हो। यही सोचका कारण विद्यालयबाट अध्ययन गरेका धेरै विद्यार्थी विभिन्न क्षेत्रमा सफल र उदाहरणीय व्यक्तित्वका रूपमा स्थापित भएका छन्।

विद्यालयमा स्वस्थ, सुरक्षित र अनुशासित वातावरण निर्माणका लागि आधुनिक सीसी–टिभी निगरानी व्यवस्था गरिएको छ। साथै विद्यार्थीको सहज आवतजावतका लागि यातायात सुविधा पनि उपलब्ध छ। सफा, शान्त र पारिवारिक वातावरणले विद्यार्थीलाई विद्यालयमै घरको अनुभूति दिलाउने गरेको अभिभावकहरूको भनाइ छ।

विद्यालयले विद्यार्थी तथा अभिभावकका लागि करियर काउन्सेलिङ कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ। यसले विद्यार्थीलाई भविष्यको लक्ष्य निर्धारण गर्न र सही बाटो छनोट गर्न सहयोग पुर्‍याउँदै आएको छ। साथै योग्य, दक्ष र समर्पित शिक्षकहरूको निरन्तर मार्गदर्शनले विद्यार्थीलाई अध्ययनमा प्रेरित बनाइरहेको छ।

आजको प्रतिस्पर्धात्मक युगमा गुणस्तरीय शिक्षा सबैको आवश्यकता बनेको छ। तर गुणस्तरीय शिक्षा महँगो हुनुपर्छ भन्ने सोचलाई सूर्योदय सेकेण्डरी स्कूलले गलत साबित गरेको छ। उचित र सर्वसुलभ शुल्कमा उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको विद्यालयले मध्यमवर्गीय तथा सामान्य परिवारका बालबालिकालाई पनि गुणस्तरीय शिक्षा हासिल गर्ने अवसर दिएको छ।

समयसँगै शिक्षाको स्वरूप परिवर्तन भइरहेको वर्तमान अवस्थामा पनि विद्यालयले आधुनिक प्रविधि, व्यवहारिक ज्ञान र संस्कारयुक्त शिक्षालाई सन्तुलित रूपमा अगाडि बढाइरहेको छ। यही कारणले आज सूर्योदय सेकेण्डरी स्कूल केवल एउटा विद्यालय मात्र नभई अभिभावकको भरोसा, विद्यार्थीको सपना र समाजको शैक्षिक गौरवको केन्द्र बनेको छ।

भक्तपुर नगरपालिका वडा नं. ७, इनाचो (खंचा) मा अवस्थित सूर्योदय सेकेण्डरी स्कूल गुणस्तरीय, संस्कारयुक्त र सर्वाङ्गीण शिक्षाको खोजी गर्ने अभिभावकका लागि वास्तवमै सम्झनलायक विद्यालय बनेको छ— जहाँबाट उज्यालो भविष्यको सुरुवात हुन्छ।

Published Date: 10 May 2026