बालाजु घटनामा कर्तव्य पालना नगरेको भन्दै दुई डिएसपीलाई विभागीय कारबाही गर्न सिफारिस

बालाजु घटनामा कर्तव्य पालना नगरेको भन्दै दुई डिएसपीलाई विभागीय कारबाही गर्न सिफारिस : Icon Khabar

काठमाडौं, फागुन ९ । गोङ्बु बसपार्क र बालाजु क्षेत्रमा फागुन १ गते भएको घटनामा लापरवाही गर्ने नेपाल प्रहरीका दुई अधिकृतलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।

बालाजु प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्ट र सोरखुट्टे प्रहरी चौकीका डीएसपी गणेशबहादुर बमलाई कारबाही सिफारिस गरिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसुद आलम खानको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले दुवैको कामका कारण विभागीय कारबाही सिफारिस गरेको बताए । उनीहरु सन्तोषजनक थिएनन्। उनले भने, ‘समितिले सोमबार प्रतिवेदन बुझाएको छ, प्रतिवेदनमा उनीहरुलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।

आन्दोलनरत यातायात मजदुरले प्रहरीका दुईवटा गाडीमा आगजनी गरेका छन् । यस्तै लोत्से मल र बसपार्क नजिकका पसलमा तोडफोड र लुटपाट भएको छ । सोही घटनामा २० भन्दा बढी प्रहरी घाइते भएका छन् ।

घटनाको दोस्रो दिन डीआईजी खानको नेतृत्वमा घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गरिएको थियो । समितिले सोमबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनीलाई प्रतिवेदन बुझाउँदै दुई डिएसपीलाई कारबाही सिफारिस गरेको हो ।

समितिमा उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्रेष्ठ, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजाल, उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई र प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमलाल भुसाल सदस्य थिए । ।

यसैबीच, हिंसात्मक प्रदर्शन, तोडफोड, आगजनी र लुटपाटमा संलग्न ५० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 February 2023
Website | + posts