आगामी निर्वाचनका लागि रौतहटमा सुरक्षा व्यवस्था कडाः सेनासहितको संयुक्त टोली गस्तीमा

आगामी निर्वाचनका लागि रौतहटमा सुरक्षा व्यवस्था कडाः सेनासहितको संयुक्त टोली गस्तीमा : Icon Khabar

रौतहट,  माघ २७ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन रौतहट जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा सुरक्षा निकायले आफ्नो सक्रियतालाई व्यापक बनाएका छन्।

नेपाल सरकार र गृह मन्त्रालयको विशेष निर्णयअनुसार यसपटक निर्वाचनभन्दा झण्डै एक महिना अगावै नेपाली सेनालाई सुरक्षाका लागि मैदानमा उतारिएको छ।

विगतका निर्वाचनहरूमा मतदानको केही दिनअघि मात्रै सेना परिचालन हुने परम्परा रहे पनि यसपटक ‘एकीकृत सुरक्षा योजना २०८२’ अन्तर्गत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले विशेष गस्ती सुरु गरेको हो।

विशेषगरी रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा सुरक्षा निकायको सक्रियता निकै बढाइएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक रूपा लाबुङका अनुसार मतदाता, उम्मेदवार र निर्वाचनमा खटिने कर्मचारीहरूलाई सुरक्षाको पूर्ण प्रत्याभूति गराउन तिनै वटा सुरक्षा निकायको संयुक्त टोलीले दैनिक रूपमा पैदल तथा मोबाइल गस्ती (पेट्रोलिङ) गरिरहेको छ।

‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु हाम्रो मुख्य उद्देश्य हो।’ डीएसपी लाबुङले भनिन, ‘सम्भावित डर–त्रास हटाउन र सुरक्षा चुनौतीको सामना गर्न सेनासहितको टोलीले नियमित निगरानी गरिरहेको छ।’

सुरक्षा निकायले जिल्लाका भौगोलिक विकटता र विगतका निर्वाचनका घटनाहरूलाई आधार मानी ‘अति संवेदनशील’ र ‘संवेदनशील’ क्षेत्रहरूको पहिचान गरी विशेष निगरानी बढाएको छ। संयुक्त टोलीले मतदान स्थलहरूको भौतिक अवस्था, प्रवेश तथा निकास मार्ग र सुरक्षाका सम्भावित चुनौतीहरूको समेत सूक्ष्म विश्लेषण गरिरहेको जनाइएको छ।

Published Date: 10 February 2026
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता