आइतबार नेप्से १०.२५ अंकले घट्यो

आइतबार नेप्से १०.२५ अंकले घट्यो : Icon Khabar

काठमाडौँ,माघ २५ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आइतबार नेप्से १०.२५ अंकले घटेर २ हजार ६९८.४४ विन्दुमा कायम भएको छ । सेयरबजारमा आज ३३० कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ८५ कम्पनीका सेयरमूल्य बढेका छन् भने १६८ कम्पनीका सेयरमूल्य ओरालो लागेका छन् ।

आज सेयरबजारमा कुल २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार रुपैयाँमा किनबेच भएका छन् । कारोबार रकम विहीबारको तुलनामा ७ करोड ६९ लाख रुपैयाँले बढी हो । सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये लगानी र अन्य समूहका परिसूचक मात्रै सकारात्मक रहअ‍ेका छन् । बाँकी सबै समूहका परिसूचक घटेका छन् ।

सुपर माई हाइड्रोपावर लिमिटेड, रिडी पावर कम्पनी तथा खानीखोला हाइड्रोेपावर कम्पनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने कालिञ्चोक दर्शन लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक तथा नारायणी डेभलपमेन्ट बैंकका सेयरधनी रहेका छन् ।

Published Date: 08 February 2026


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग