‘छुकछुक छुकछुक’ बोलको गीत सार्वजनिक

‘छुकछुक छुकछुक’ बोलको गीत सार्वजनिक : Icon Khabar

काठमाडौँ, फागुन ९ । युवा सशक्तीकरणमा आधारित ‘छुकछुक छुकछुक’ बोलको गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।

जागृत रायमाझीको शब्द र सङ्गीत रहेको गीतमा सुरज पण्डितको स्वर रहेको छ । गीत मल्लाज प्रोडक्सनको प्रस्तुति हो । विदेशिएका युवालाई नेपालमै फर्किनुपर्ने सन्देश दिने गीतका शब्दहरू अत्यन्त मार्मिक छन् । नेपालमा केही गर्छु भन्ने रहर भए पनि विदेशिनुपर्ने बाध्यता र युवा विदेशिँदा गाउँ रित्ता भएका विषय गीतमा समेटिएको छ ।

गीतको भिडियोमा सुरजका साथै सबिना गोपाली, सेबिता अधिकारी, शङ्कर भण्डारी, शक्ति राई, रेजिना बस्नेत, होमबहादुर आचार्य, अदिति आचार्यलगायतका कलाकारको अभिनय छ । गीतमा बच्चाले रेलगाडी खेलेको, रुखमा झोलाहरू झुन्ड्याएको र विदेशिँदा पासपोर्ट लेखिएको साङ्केतिक रूपमा देखाइएको छ ।

Published Date: 21 February 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक