मौसम पूर्वानुमान : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान : यी स्थानमा वर्षा र हिमपातको सम्भावना : Icon Khabar

काठमाडौं, माघ ११ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात-वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पुर्वी तथा मध्य तराई भू-भागका थोरै स्थानहरूमा बिहानिपख हुस्सु रहनेछ।

महाशाखाका अनुसार आज राति देशका उच्च पहाडी तथा हिमाली भू-भागमा थोरै स्थानहरूमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ। साथै, गण्डकी प्रदेश र कर्णाली प्रदेशको बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा समेत हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Published Date: 25 January 2026


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु